Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

पहाडी प्रदेश /पहाडी प्रदेशको परिचय #पहाडीप्रदेश #लोकसेवाआयोग

 

पहाडी प्रदेश

उत्तरमा हिमाल र दक्षिणमा तराई बिच रहेको मध्यभाग पूर्वदेखि पश्चिमसम्म  अग्ला होचा पहाडहरू, फराकिला–साँगुरा उपत्यका, दून, बेँसी तथा टार र गरायुक्त पाखाहरूले घनीभूत छ । दक्षिणमा समुद्र सतहदेखि करिब ३०० मिटरदेखि उत्तरमा  ,००० मिटरसम्मका भूभागहरू ओगटेर ७६ किलोमिटरदेखि १२५ किलोमिटरसम्म  चौडा भई विस्तारित भएका छन्। सबैभन्दा बढी भूभाग यस प्रदेशले ओगटेको हुँदा नेपाललाई पहाडी मुलुक पनि भनिन्छ । यस क्षेत्रमा इलाम, पाँचथर, तेह्रथुम,  धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, नुवाकोट, तनहुँ, लमजुङ,  कास्की, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, बाग्लुङ, प्युठान, रोल्पा,  रूकुम (पश्चिम), सल्यान, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी गरी  २९ ओटा जिल्ला पर्दछन्। 

पहाडी प्रदेशलाई निम्न तीन श्रेणीमा विभाजन गर्न सकिन्छ ः

चुरे पर्वत श्रेणी

नेपालको दक्षिणमा अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमालय पर्वतमाला  भन्दा निकैपछि विकसित रहेको समुद्र सतहदेखि ६१० देखि १८७२ मिटरको उचाइसम्म भएको पर्वतमालालाई चुरे पर्वत भनिन्छ । यसलाई सामान्यतः चुरिया  वा चुरे पर्वत भनिन्छ । 

बाह्य हिमालय भनिने यो पर्वत शिवालिकको नामले समेत प्रसिद्ध छ । यो नवीनतम पर्वत हो। नेपालको पश्चिममा अग्लो र पूर्वमा होचो हुँदै बिलाएको चुरे महाकालीदेखि कोसीसम्म छुट्टै श्रेणी भएर फैलिएको छ । कोसीपूर्व थुम्कीको रूपमा  मोरङ र झापाको उत्तरमा मैनाचुली, चुलाचुली छन्। चुरे पर्वत श्रेणीको धेरै भाग  जङ्गलले ढाकेको छ । दाङ, देउखुरी, राप्ती, चितवन आदि उपत्यका दून अवोन्नत  प्रकृतिका भाग छन्। यहाँ तातो हावापानी पाइन्छ । यो क्षेत्रले १२.७  प्रतिशत (१,८७९,००० हेक्टर) ढाकेको छ । जलाधार क्षेत्रको उचाइ भिन्नता ७००  मिटरभन्दा कम छ । यहाँको माटो वर्षाको पानी थाम्न सक्ने खालको छैन । यो क्षेत्रमा ह्वात्त बाढी आएजस्तो वर्षामा खोलाहरू बग्छन्। वातावरणीय दृष्टिले चुरे पर्वत श्रेणी अत्यन्त संवेदनशील मानिएको छ ।

सतही ढुङ्गाले शिवालिक क्षेत्रको पर्वतीय भूभागलाई नियन्त्रण गरेको छ । यो शृङ्खला कमजोर एवम् अस्थिर छ । करिब ९३ प्रतिशतभन्दा बढी भूभाग ज्यादै ठाडो र अप्ठेरो भएकाले खेतीका लागि उपयुक्त छैन । शिवालिक क्षेत्रमा खेती हुन  सक्ने जमिन करिब २४ प्रतिशत (५,२९,६०० हेक्टर) छ । दून ऊष्ण क्षेत्र भए पनि  यहाँको माटो तराईभन्दा भिन्न छ । यो क्षेत्रमा फलफूल र तरकारी कमै हुन्छ । यस  क्षेत्रमा अतिक्रमणले वनविनाश, भूक्षय र प्राकृतिक वातावरण खलबलिन पुगेको छ ।  शिवालिक क्षेत्रको दक्षिण एउटा लामो पेटी पूर्वदेखि पश्चिमसम्म फैलिएको छ । यो क्षेत्र बालुवा, कङ्कड, ढुङ्गा र खुकुला खस्रा पदार्थले बनेको छ । खुकुलो चट्टानले बनेको भाबरमा सालको वनजङ्गल पाइन्छ । गहिरो घाँटीमा नदीले थुपारेका  माटाको भागले बनेका मैदानहरू गङ्गा मैदानकै अंशका रूपमा रहेका छन्।

महाभारत श्रेणी

पूर्व–पश्चिम फैलिएको समुद्र सहतदेखि करिब १२,००० फिटसम्म उचाइको यो पहाडी भाग नेपालको महŒवपूर्ण भाग हो। यो भाग सेल, स्यान्डस्टोन, लाइमस्टोन,  मार्बल, स्लेटजस्ता चट्टानयुक्त छ । ठुलाठुला चार नदी कडा चट्टाने पहाड छेडेर बगेका छन्। कर्णालीले चिसापानीमा, कालीगण्डकीले देवघाटमा, त्रिशूलीले जुगरीमा  र कोसीले चतरामा छेडो बनाएको छ । होचो हिमालयको नामले पनि यो पर्वत चिनिने गर्छ । यहाँको हावापानी रमणीय र स्वस्थ्यकर हुने हुँदा  महाभारत पर्वत श्रेणीलाई नेपालकोज्ष्िि(क्तबतष्यल पनि भनिन्छ । सैलुङ्ग, ट्याम्के,  जैथक, फूलचोकी, शिवपुरी, छिम्केश्वरी, दामन, स्वर्गद्वारी, साकिने डाँडा, खोँच आदि  यहाँका प्रमुख शिखर हुन्। पूर्वी नेपालका तुलनामा पश्चिमको भाग बढी ठाडो छ ।

मध्यभूमि श्रेणी

महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीहरूका बिचमा रहेका ठुला–ठुला  टार, बेंसी र उपत्यकाहरूलाई मध्यभूमी भनिन्छ । यसअन्तर्गत काठमाडाँै,  पोखरा, त्रिशुली, पाँचखाल, माडी जस्ता उपत्यकाहरू पर्दछन्। नेपालका  चमेलिया (सुदूरपश्चिम), त्रिशूली (मध्य), सुनकोसी र अरुण तथा तमोर नदीद्वारा  निर्मित ठुला उपत्यका एवम् समथर र उर्वरक्षेत्र मध्यभूमिअन्तर्गत पर्छन्। यहाँ  तुम्लिङटार (सङ्खुवासभा), रुम्जाटार (ओखलढुङ्गा), बेल्टार (उदयपुर) मङ्गलटार (काभ्रेपलाञ्चोक), खुमलटार (ललितपुर), बट्टार (नुवाकोट), सल्यानटार (धादिङ), खैरनीटार  (तनहुँ), चौरजहारीटार (रुकुम) जरायोटार (भोजपुर), खरानीटार (नुवाकोट) जस्ता टार  पनि छन्। 

मध्यपर्वतीय क्षेत्रले नेपालको २९.५ प्रतिशत (४,३५०,३०० हेक्टर) जमिन ढाकेको छ । यहाँको जलवायु वर्षैभिर कृषिका लागि उपयुक्त छ । तापक्रम न बढी न घटी  मध्यम प्रकारको छ । जनसङ्या वृद्धिले गर्दा भूमिमाथि बढी चाप परेको छ । यहाँ  ८७ प्रतिशत खेतीयोग्य भूमि पर्वतीय पाखाका रूपमा रहेका छन्। मध्यपहाडी  भूमिको गराखेती प्रविधि नै स्थापित प्रविधि हो। कृषि, वन र वागबानीबाट  यसलाई सघाउ हुनेगरेको छ । 

मध्यपहाडमा प्रिक्याम्ब्रियन फाइलाइटस् क्वार्टजाइटस्  , अभ्रख, शिष्ट र ग्रेनाइट जस्ता विविध चट्टान पाइन्छन्।  मध्यपहाडको दक्षिण किनारामा प्रायः महाभारत लेकजस्ता उठेका पर्वत  छन्। यो भाग ऋतुक्षय भएका ग्रेनाइट, चुनढुङ्गा, डोलोमाइट, सेल, स्यान्डस्टोन,  स्लेट र क्वार्टजाइटले बनेको छ । शिवालिक जस्तो भूक्षयको प्रभाव छैन । यस  क्षेत्रका कडा चट्टान भूपाषाण भएका भाग ठाडो भिर (३५ डिग्री ढलोभन्दा बढी) र  पातलो माटाले ढाकेको हुनाले खेतीका लागि उपयुक्त छैन । 

पहाडी प्रदेशमा किरात (राई, लिम्बू), तामाङ, मगर, गुरुङ, बाहुन, क्षेत्री, नेवार आदि विभिन्न जातिका मानिसहरू बसोबास गर्छन्। पहाड आफँैमा विविधतायुक्त  भएकाले यहाँको घर निर्माण, लवाइखवाइ, पेसा आदिमा भिन्नता पाइन्छ ।  फलफूल खेती र जडीबुटीका लागि बढी उपयुक्त वातावरण पाइन्छ । पहाडका  दक्षिण पाखामा बस्ती र खेती धेरै भेटिन्छन्। यस भेकमा इलाम, धनकुटा, चैनपुर,  भोजपुर, ओखलढुङ्गा, चरीकोट, बनेपा, काठमाडौँ, पोखरा, जुम्ला, सल्यान,  सिलगढीजस्ता सानाठुला बस्ती छन्। पहाडी क्षेत्रको कुल बस्तीमध्ये १,०००  मिटरसम्मको उचाइमा १६.३७ प्रतिशत, १००१–२,००० मिटर सम्ममा ५९.०९ प्रतिशत र यसभन्दा माथि ३,००० मिटरसम्ममा १९.९९ प्रतिशत बस्तीहरू  रहेको पाइन्छ । सर्वाधिक बस्तीहरू १००१–२००० मिटरसम्ममा केन्द्रित छन्।  आर्थिक क्रियाकलापमा पहाडी क्षेत्र मूलतः फलफूल र खाद्यान्नका लागि उपयुक्त  क्षेत्र हो। धान, मकै, गहुँ र गेडागुडीमा यो क्षेत्र विविधतायुक्त उत्पादनशील क्षेत्र भए पनि उर्वरभूमिको कमीले गर्दा खाद्यान्न अभाव हुने गर्दछ ।

स्रोत नेपाल परिचय २०७८/ नवौ संस्करण


Post a Comment

Previous Post Next Post