Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

सामान्य ज्ञान सम्बन्धी जानकारिहरु प्रश्नोत्तर /लोकसेव आयोग/शिक्षक सेवा आयोग परिक्षा

Lok sewa aayog - Home | Facebook

 

१• नेपालको वर्तमान राष्ट्रियगीतका संगितकार को हुन् ?

– अम्बर गुरुङ्
२• IUPAC को पुरा रुप के हो ?
-
International Union of Pure and Applied Chemistry
३• निजामती सेवा ऐन, २०४९ अनुसार पिछडिएको क्षेत्र अन्र्तगत कति जिल्लालाई समावेश गरिएको छ ?
–
९
४• अमेरिकी राष्ट्रपति बाराक ओबामा तिन दिने भारत भ्रमणका क्रममा कहिले नयाँदिल्ली आएका थिए ?
–
सन् २०१५ जनवरी २५
५• काठमाडौंस्थित पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर निर्माणका लागि काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बी कोइकम्पनीबिच कहिले सम्झौता भएको थियो ? – वि.सं २०७१ माघ १०
६• डिलोइट नामक संस्थाले गरेको अध्ययनअनुसार सन् २०१४ मा सर्वाधिक कमाई गर्ने धनी क्लब कुन हो ?
–
रियल म्याड्रिड
७• वि.सं २०७१ माघ ७ मा काठमाडौमा सम्पन्न द्धितिय संस्करणको मिस टिन कलेजको उपाधि जित्ने युवती को हुन् ?
–
अनुष्का थापा
८• सन् २०१५ जनवरीमा नामिवियामा सम्पन्न ICCविश्व क्रिकेट लिग डिभिजन–२ च्याम्पियनको उपाधि कसले जित्यो ?
–
नेदरल्यान्ड
९• पुबुदु दासनायके कुन खेलसँग सम्बन्धित छन् ?
– क्रिकेट
१०• समयलाई नष्ट गर्नु हुदैँन किनिकी जीवन यसैमा बनेको हुन्छ भन्ने विचारक को हुन् ?
– फ्रेङ्कलिन
११• नेपालको इतिहासमा पहिलोपटक राष्ट्रव्यापी जनमत संग्रह कहिले भएको थियो ?
–
वि.सं २०३७ वैशाख २०
१२• प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरीत प्रतिक्रिया हुन्छ भन्ने न्युटनको गतिको हुनचाहिँ नियम हो ?
– तेस्रो नियम
१३• अन्तराष्ट्रिय श्रम संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ?
– स्विट्जरल्याण्डको जेनेभा
१४• बेलायतको ग्रिनविच कति डिग्री देशान्तर रेखामा पर्दछ ?
– 0 डिग्री
१५• नेपालको प्रमाणिक समय कुन स्थानलाई आधार मानी निर्धारण गरिएको छ ? – -गौरीशंकर हिमाल
१६• नेपालको अन्तराष्ट्रिय गुणस्तर संस्था ISO को पूर्ण सदस्यता कहिलेदेखि लागू हुने गरी प्राप्त गर्यो ?
– सन् २०१४ जनवरी
१७• मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्पादन गर्ने ग्रन्थी कुन हो ?
– प्याङक्रियाज
१८• नेपालमा राष्ट्रिय जनगणना कति कति बर्षमा लिने गरिन्छ ?
–
१०\१० बर्षमा
१९• लामखुट्टेको जीवनचक्र कुन क्रमबद्धतामा हुन्छ ?
– फुल,लार्भा,प्युपा र वयस्क
२०• दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याई विजयी हुने सभासद को हुन् ?
–
शेरबहादुर देउवा
२१• दोस्रो संविधान निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुने महिला सभासद कति रहेका छन् ?
–
१०
२२• नेपालमा जातिय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस कुन दिन मनाउने गरिन्छ ?
– जेठ २१
२४• बर्डफ्लु संक्रमण अनियन्त्रित भएपछि नेपाल सरकारले पहिलोपटक कुन जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ?
– भक्तपुर ( २०७० श्रावण ३० गते घोषित )
२४• नेपाल पर्यटन बर्ष २०११ को मुल नारा के थियो ?
– पर्यटनका लागि सँगसगैँ
२५• सन् २०१० मा विश्व बाघ सम्मेलन कहाँ भएको थियो ?
–
सेन्ट पिर्टसवर्ग, रसिया
२६• विश्वभर सञ्चालित जिरो हङ्गर च्यालेन्ज अभियानलाई आत्मसात गर्दै नेपालले कहिेसम्ममा भोकमारी अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ?
– सन् २०२५
२७• सर्वसाधारण सेवाग्राहीलाई सरल र सहज ढगंबाट अधिकतम सेवा प्रदान गर्ने उद्येश्यले सरकारी कार्यालयहरुमा बाह् घण्टे सेवा
कहिलेदेखि सञ्चालन गरियो ?
–
वि ।सं २०७१ पुस १
२८• पाकिस्तानको पेसावरस्थित सेनाद्धारा सञ्चालित विद्यालयमा कट्टरपन्थी मुस्लिम समूह तालिवानद्धारा १४८ जना भन्दा बढी को
ज्यान जाने गरी विभत्स घटना कहिले घटाईयो ?
– सन् २०१४ डिसेम्बर १६
२९• संयुक्त राष्ट्रसंघले आउँदो बर्ष विश्वभरि राष्ट्रसंघको प्रस्ताव नम्बर १३२५ ( विश्वभरि द्धन्दप्रभावित मुलुकमा द्धन्दपछि शान्ति
प्रक्रियाका क्रममा महिलाको अर्थपूर्ण समानुपातिक सहभागितालाई जोड दिईएको ) कार्यान्वयन र अनुगमन गर्न गठित समितिमा नेपालका तर्फबाट कसलाई छनोट गरेको छ ?
–
बन्दना राणा
३०• विद्यालय शिक्षाको फलामे ढोका भनेर चिनिने प्रवेशिका ( एसएलसी ) परीक्षाको मूल्यांकन पद्धतिमा कहिलेदेखि ग्रेडिङ्ग
सिस्टमको व्यवस्था गरिने भएको छ ?
–
वि ।सं २०७१
३१• वि ।सं २०७१ सालमा प्रदान गरिएको भूपि स्मृति पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
–
मोमिला
३२• अन्तराष्ट्रिय मुद्राकोषद्धारा सन् २०१४ मा प्रकाशित तथ्यांक अनुसार विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको राष्ट्र कुन बनेको छ ?
–
चीन
३३• अर्थमन्त्रालय एवं मातहतका विभाग तथा कार्यालयका काम प्रभावकारी बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको गुनासो सुनवाई
कक्षलाई के भनि चिनिन्छ ?
– विगुल
३४• सन् २०१४ को नोबेल शान्ति पुरस्कार बिजेता भारतका बाल अधिकारकर्मी एवं सामाजिक अभियन्ता कैलाश सत्यार्थी नेपालको ३ दिने
भ्रमणका क्रममा कहिले काठमाडौं आउनुभएको थियो ?
–
वि ।सं २०७१ पुष ४ गते
३५• योगशास्त्रका प्रर्वतक को हुन् ?
–
पताञ्जली
३६• सर्वोच्च अदालतले अनलाइन तारेख सेवा कहिलेदेखि सुरु भएको हो ?
–
वि ।सं २०७१ मंसिर १४ गते
३७• दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन राष्ट्रका निर्वाचन व्यवस्थापन निकायको साझा मञ्च ( फेम्बोसा ) को पाँचौं बैंठकले कति बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ?
–
१०
३८• विश्व एड्स दिवस कहिले मनाइन्छ ?– डिसेम्बर १
३९• सार्क मनोचिकित्सकहरुको आठौं सम्मेलन कहिले र कहाँ भएको थियो ?
–
वि ।सं २०७१ मंसिर ११ –१३, लुम्बिनी
४०• प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगिता कहिले र कहाँ भएको थियो ?
–
वि ।सं २०७१ पुस ४– ८ , काठमाडौं
४१• अन्तराष्ट्रिय आप्रवास दिवस कहिले मनाइन्छ ?
–
डिसेम्बर १८
४२• सन् २०१४ डिसेम्बरमा जापानमा भएको मध्यावधि निर्वाचनमा कुन दलले बहुमत प्राप्त गरेको छ ?
–
लिबरल डेमोक्रेटिक पार्टी
४३• शिक्षामा सिमान्तकृत तथा अन्य समूहबिच रहेको असमानता हटाई सबैलाई सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्येश्यका साथ विद्यालय क्षेत्रको एकीकृत समता रणनीति –२०७१ कहिले सार्वजनिक गरियो ?
–
वि ।सं २०७१ मंसिर २९
४४• सात महादेशका सात उच्च हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला आरोही को हुन् ?
– सुस्मिता मास्के
४५• जापानको प्रतिष्ठित एवं चर्चित एसियन टाउन स्केप अवार्ड सन् २०१४ मा नेपालको कुन संस्थालाई प्रदान गरियो ?
–
बागमती संभ्यता एकीकृत विकास समिति

Post a Comment

Previous Post Next Post