Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

नेपाली इतिहासमा राणा काल / जंगबहादुर


 

राणाशासन काल

बालनरसिंह कुँवरका छोरा जंगबहादुर कुँवरले कोतपर्वपछि राज्य शासन हत्याए ।  भण्डारखाल पर्व र अलौ पर्वपछि जंगबहादुर शक्तिशाली बने र लमजुङ र तनहुँको श्री ३ बने र राणा शासनको जग बसाले। 

प्रधानमन्त्री तथा तिनको मुख्य योगदान

१. जङ्गबहादुर (१९०४–१९३३) ः वि.स १९१० मा न्याय व्यवस्था तथा अपराध  कानुन तोकिएको मुलुकी ऐन पहिलो पटक जारी । दरबार हाइस्कुलको स्थापना ।  नयाँ मुलुक प्राप्त ।

२. रणोद्दीप (१९३३–१९४२) ः हुलाक घरको स्थापना, मालपोत उठाउने नयाँ  बन्दोबस्त गरिएको।

३. वीर समसेर (१९४२–१९५७) ः भादगाँउ र काठमाडौँमा वीरधाराको व्यवस्था,  पुलहरूको निर्माण, वीर अस्पताल (वि.स.१९७४), वीर पुस्तकालयको स्थापना,  घण्टाघरको निर्माण ।

४. देव समसेर (१९५७–१९५८) ः गोरखापत्रको प्रकाशन प्रारम्भ, सरकारी समय  १०–५ बजे निर्धारण, सरकारी बिदाको व्यवस्था, पाठशालाहरूको स्थापना । 

५. चन्द्र समसेर (१९५८– १९८६) ः सती प्रथाको उन्मूलन, दासमोचन, पहिलो पटक  बिजुली बत्तीको व्यवस्था, पहिलो कलेज त्रि–चन्द्र कलेजको स्थापना, गोरखा  भाषा प्रकाशिनी समितिको स्थापना, नेपालको नक्सा निर्माण ।

६. भीम समसेर (वि.स.१९८६–१९८९) ः नुन र कपासमा भन्सार माफी, कपास  खेतीलाई प्रोत्साहन ।

नेपाल परिचय÷ज्ञण्ज्ञ

७. जुद्ध समसेर (वि.स.१९८९–२००२) ः पहिलो बैङ्क (नेपाल बैङ्क) स्थापना,  घरेलु उद्योगको विकास, उच्च अदालत, जुद्ध बारुण यन्त्र, म्युजियम र चिडियाखानाको स्थापना । 

८. पद्म समसेर (२००२–२००५) ः पहिलो संविधान जारी, काठमाडौँ म्यूनिसिपालिटी  स्थापना ।

९. मोहन समसेर (२००५–२००८) ः आकाशवाणीको स्थापना, राष्ट्रिय आर्थिक  समितिको गठन ।

स्रोत नेपाल परिचय

Post a Comment

Previous Post Next Post