नदीको
आधारमा नेपालको विभाजन
(क) कोसी
क्षेत्र (प्रदेश)
पूर्वमा
कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लाङटाङ हिमाल (गोसाइस्थान) बिचको क्षेत्रलाई कोसी
प्रदेश भनिन्छ । तमोर, अरुण, लिखू, दूधकोसी, तामाकोसी, सुनकोसी
र इन्द्रावती मिलेर सप्तकोसी नदी बनेको छ
। यो नेपालको सबैभन्दा ठुलो नदी हो। यो नदी
७२० कि.मि. लामो छ भने जलप्रवाह क्षमता औसत १,५६४
क्यूविक मिटर प्रति सेकेण्ड रहेको छ । यस
नदीबाट २२,००० मेगावाटसम्म विद्युत् निकाल्न सकिने अनुमान गरिएको छ । कोसी प्रदेशको प्रभाव क्षेत्र झन्डै ६०
हजार वर्ग कि.मि. रहेको छ । सप्तकोसी नदीको
सबैभन्दा ठुलो सहायक नदी अरुण हो भने सबैभन्दा सानो नदी लिखु हो।
(ख)
गण्डकी क्षेत्र (प्रदेश)
पूर्वमा लाङटाङ
हिमालदेखि पश्चिममा धवलागिरी हिमालसम्मको गण्डकी नदी प्रभावित क्षेत्रलाई गण्डकी प्रदेश भनिन्छ ।
गण्डकी नदीका सात प्रमुख सहायक नदीहरू
त्रिशूली, बुढीगण्डकी, दरौदी, मादी, मस्र्याङ्दी, सेती र
कालीगण्डकी हुन्। गाण्डव ऋषिको नामबाट
नामकरण गरिएको मानिएको यस नदीलाई चितवन
जिल्लामा आएपछि (देवघाटभन्दा तल) नारायणी नदीको नामले चिनिन्छ । यो नदी मध्यनेपालमा बग्दछ, जसको
प्रवाह क्षेत्र करिब ३८,००० वर्ग कि.मि रहेको छ । करिब ३३८ कि.मि. लामो यस नदीको विद्युत् क्षमता
करिब २१,००० मे.वा. रहेको मानिएको छ । यसका सहायक नदीहरूमध्ये
कालीगण्डकी सबैभन्दा ठुलो र दरौँदी
सबैभन्दा सानो हो। नेपालको सबैभन्दा गहिरो यो नदीले प्रतिसेकेण्ड औसत
१७१३ क्यु.मि. पानी प्रवाह गर्दछ ।
(ग)
कर्णाली क्षेत्र (प्रदेश)
पूर्वमा धवलागिरी
हिमालदेखि पश्चिममा व्यास हिमालबिच कर्णाली नदी प्रभावित क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ । कर्णाली
नदीका सात प्रमुख सहायक नदीहरू हुम्ला
कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी
भेरी, तिला, बुढीगङ्गा र सेती नदी हुन्। यसलाई नेपालको सबैभन्दा लामो नदी पनि भनिन्छ ।
यो नदी भारतमा पुगेपछि घाघँरा र सरयू
नामले समेत चिनिन्छ । यो नदी करिब ४२,००० व.कि.मि.
क्षेत्रफल समेटेर बग्दछ । करिब ५०७ कि.मि.
लामो यस नदीको विद्युत् उत्पादन क्षमता ३२,०००
मे.वा.रहेको मानिएको छ । यो नदीको औषत जलप्रवाह क्षमता प्रतिसेकेन्ड १३१६ क्यु.मि. रहेको छ ।
स्रोत
नेपाल परिचय २०७९/ नवौ संस्करण