स्वास्थ्य(Health)
v
स्वास्थ्य, अंग्रेजी शब्द “Health” को नेपाली रुपान्तरण हो, Anglo-Saxon समयमा प्रचलित शब्द ‘Hale’ को विकसित रुप ‘Health’ हो जसको अर्थ “सुरक्षित र स्वस्थ”(Safe & Sound) भन्ने हो।
v
सम्पूर्णताको अबधारणा(Holostic Approach) अनुसार स्वास्थ्य शब्दले
व्यक्तिको शारीरिक(Physical), मानसिक(Mental),
सामाजिक (Social), संवेगात्मक(Emotional) र आध्यात्मिक(Spiritual) लगायतका पक्षको सन्तुलित
विकास हुनुपर्ने जनाउँदछ।
v
विश्व स्वास्थ्य संगठन(WHO) का अनुसार “स्वास्थ्य भनेको रोग तथा
दुर्बलताबाट मुक्त हुनुमात्र नभई पूर्णतया शारीरिक, मानसिक तथा सामाजिक रुपमा
सम्पन्न भएको अवस्था हो।“
v
दार्शनिक सुकरात(Socrets) का अनुसार “स्वास्थ्य एउटा
त्यस्तो आदर्शमय अवस्था हो जसमा व्यक्ति हरेक दृष्टिकोणबाट स्वस्थ्य रहन्छ र रोग,
दुर्बलता एवं सामाजिक समस्याहरुबाट समेत मुक्त हुन्छ।“
एक
स्वस्थ व्यक्तिमा हुनुपर्ने गुणहरुः-
ü
स्वस्थ व्यक्तित्व एवं प्रसन्न अनुहार
ü
शारिरिक अङ्ग प्रत्यांङ्गहरुको उमेर अनुसार बृद्धि र विकास,
ü
शारिरीक रोगहरु तथा दुर्बलताहरुबाट मुक्त
ü
कुनै पनि कार्यलाई समाप्त नभएसम्म लगातार गर्न सक्ने क्षमता
ü
खाएको खानेकुरा राम्रोसँग पाचन गर्न सक्ने
ü
रक्तचाप सन्तुलित भएको,
ü
समूहमा मिलेर कार्य गर्न सक्ने,
ü
मानसिक चिन्ता, भय तथा रोगबाट मुक्त,
ü
नेतृत्व बहन गर्न सक्ने क्षमता, आदि
प्राथमिक उपचार(First- Aid)
v
दुर्घटनामा परि घाईते भएको मानिसको अवस्था अझै नबिग्रियोस्
भनेर घाईतेलाई चिकित्सकको पहुँचमा पुग्नु अघि दिईने सामान्य उपचार प्राथमिक उपचार
हो।
v
प्राथमिक उपचारले बिरामी अथवा घाईतेलाई तत्काल राहत तथा
मानसिक रुपमा खतरामुक्त भएको महसुस गराउन मद्दत गर्दछ।
प्राथमिक उपचारका मुख्य
उद्देश्यहरुः-
ü
जीवन बचाउनु,
ü
अवस्था झन् झन् विग्रन नदिनु,
ü
अवस्थामा सुधार ल्याउनु,
ü
विरामीलाई विशेष उपचारको निमित्त सम्बन्धित ठाउँमा
पुर्याउनु,
प्राथमिक उपचारका नियमहरुः-
ü
श्वास मार्ग खुल्ला गरिदिने( Opening Air)
ü
पर्याप्त श्वास प्रश्वास क्रिया (Adequete Breathing)
ü
रक्त सञ्चार (Sufficient blod Circulation)
स्वास्थ्य सम्बन्धी दिवशहरुः-
क्र.सं |
दिवश |
मिति |
१ |
विश्व कुष्ठरोग दिवस |
जनवरीको अन्तिम आइतवार |
२ |
विश्व अर्बुद रोग दिवश |
फेब्रुअरी ४ |
३ |
विश्व पानी दिवश |
मार्च २२ |
४ |
विश्व क्षयरोग दिवश |
मार्च २४ |
५ |
विश्व स्वास्थ्य दिवश |
अप्रिल ७ |
६ |
विश्व खोप सप्ताह |
अप्रिल २४-३० सम्म |
७ |
विश्व दम दिवश |
मे महिमाको पहिलो मंगलबार |
८ |
विश्व रेडक्रस दिवश |
मे ८ |
९ |
अन्तर्राष्ट्रिय नर्स दिवश |
मे १२ |
१० |
विश्व धुम्रपानरहित दिवश |
मे ३१ |
११ |
विश्व रक्तदान दिवश |
जुन १४ |
१२ |
विश्व जनसंख्या दिवश |
जुलाई ११ |
१३ |
विश्व मुटु दिवश |
सेप्टेम्बर २९ |
१४ |
विश्व मानसिक स्वास्थ्य दिवश |
अक्टोबर १० |
१५ |
विश्व दृष्टि दिवश |
अक्टोबरको दोस्रो विहिवार |
१६ |
विश्व हात धुने दिवश |
अक्टोबर १५ |
१७ |
विश्व खाद्य दिवश |
अक्टोबर १६ |
१८ |
विश्व मधुमेह दिवश |
नोभेम्बर १४ |
१९ |
विश्व एड्स दिवश |
डिसेम्बर १ |
२० |
विश्व अपाङग दिवश |
डिसेम्बर ३ |