टेरामक्स
प्रविधि भनेको के हो ?
दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी
गतिविधि, भ्वाइस तथा डेटा सर्भिसको गुणस्तर
मापन, अनुगमन र भ्वाइस, डेटाको कुल भोल्युम परीक्षण गर्ने एक खालको प्रविधि हो। यस
प्रविधिले ट्राफिक व्यवस्थापन तथा अनुगमन, नेटवर्किङ मनिटरिङ र अवैध गतिविधिको व्यवस्थापन गर्दै टेरामक्सले
अपरेटले घोषणा गरेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय भ्वाइस कल र एसएमएसको कुल
भोल्युमको परीक्षण जस्ता काम गर्छ। यसले अपरेटरको नेटवर्क रेगुलर गाइडअनुसार भए-नभएको
पनि परीक्षण गर्छन। टेरामक्स टेलिकम कम्पनीको मोबाइल स्विचिङ सेन्टरमा जडान हुने र मोबाइल स्विचिङ सेन्टर फोन नेटवर्कको त्यो मुख्य भाग जहाँबाट
प्रयोगकर्ताहरुबीचको फोन कल र म्यासेज साटासट हुने गर्छन्। प्राधिकरणले पछिल्लो
पटक जारी गरेको सूचनामा ‘टेलिकम अपरेटरलाई टेरामक्स प्रविधिले आफ्ना ग्राहकको
गोपनीयतामा अनधिकृत पहुँच हुन्छ भन्ने लागेमा प्राधिकरणलाई उपलब्ध गराउने डाटालाई
इन्क्रिप्टेड गर्नसक्छ भनेर उल्लेख गरेको छ ।
किन आवश्यक छ टेरामक्स ?
टेरामक्स प्रविधिमार्फत् दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण र न्यूनीकरण गर्न सकिने प्राधिकरणले बताएको छ। यसका साथै सेवाप्रदायकहरूको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर बढाउन सकिने प्राधिकरणको भनाइ छ। टेरामक्स टेलिकम अपरेटरको प्रणालीमा जडान हुने भए पनि यसले म्यासेज पढ्न र देख्न नसक्ने, फोनकलको भ्वाइस ट्यापिङ गर्न नसक्ने र मिडिया फाइलहरुमा पहुँच पाउन नसक्ने प्राधिकरणको दाबी छ। टेलिकम अपरेटरको ग्राहक संख्या बढ्दै जाने, भ्वाइस, डाटाको प्रयोग बढ्दै जाने र सेवाको विस्तार हुँदै जाने भए पनि विगतका वर्षको तुलनामा २०औं अर्ब रुपैयाँ भन्दा बढी आम्दानी घट्नु वास्तविकता पत्ता लगाउन टेरामक्सले मद्दत गर्नेछ।यस्तै कल बाइपासबाट राज्यलाई अर्बौको क्षति भइरहेको भन्दै यसलाई न्युनीकरण गर्न पनि टेरामक्सले काम गर्ने प्राधिकरणले जनाएको छ ।