Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

लेखापढी कानून व्यवसायी परीक्षा प्रश्न पत्र set-1

 ...........................................................जिल्ला अदालत

लेखापढी कानून व्यवसायी परीक्षा प्रश्न पत्र 

पूर्णङ्कः १००                                       उत्तिर्णाङ्कः ४०

समयः १ घण्टा ३० मिनेट                         मितिः 

 

कुनै ४ प्रश्नको उत्तर दिनुहोस् । (सबै प्रश्न समान अङ्कका छन्)

 

१)      धनी जिल्ला कपिलवस्तु वाणगंगा न.पा. वडा नं.३ बस्ने रामजि शर्माको छोरा वर्ष ३७ को शिवजी शर्मा, ऋणि ऐ.ऐ वडा नं.५ बस्ने श्याम सुन्दर अधिरकारीको छोरा वर्ष ३२को हरि शंकर अधिकारी भई लेनदेन कारोबार गरेको रु १,५०,०००।- को कपाली तमसुक लेख्नुहोस् ।

२)      वारेशनामा भनेको के हो ? यी कति प्रकारका हुन्छन् ? तिनीहरुमा के फरक छ ? विवेचनात्मक उत्तर दिनुहोस् । साधारण वारेशनामाको नमूना प्रस्तुत गर्नुहोस् ।

३)      तारेख भन्नाले के बुझ्नुहुन्छ? तारेख कति किसिमका हुन्छन्? कपिलवस्तु जिल्ला अदालतमा चलेको वादी राम लखन र प्रतिवादी श्याम प्रसाद थारु भएको लेनदेन मुद्दामा वादीको तर्फबाट १० दिन पहिलो पटक तारेख गुज्रन गएको हुँदा तारेख थाम्ने निवेदन लेख्नुहोस् ।

४)      राजिनामा र वकसपत्र भन्नाले के बुझ्नुहुन्छ ? यी दुईको विचमा के फरक छ? विश्लेषणात्मक उत्तर दिनुहोस् ।

५)      कुनै २ को विषयमा टिप्पणी लेख्नुहोस् ।

) तायदाती फाँटवारी ख) जाहेरी दरखास्त   ग) निषेधाज्ञा  घ) फिरादपत्र

) लेखापढी कानून व्यवसायीमा हुनु पर्ने गुणको संवन्धमा ऐन, कानुनमा भएको व्यवस्था र व्यवहारमा त्यसको प्रयोगको संवन्धमा लेख्नुहोस।

 

धन्यवाद


Post a Comment

Previous Post Next Post