लेखापढी
व्यवसायी परीक्षाको लिखित परीक्षाको लागि तयारी गर्नु पर्ने मुख्य विषयहरु
यो जिल्ला
अदालतले लिने लेखापढी व्यवसायीको विभिन्न अदालतले तयार गरेको पाठ्यक्रमको आधारमा
तयार गरेको हो। मुख्य विषय यी विषयहरु हुन यसै अनुसार तयार गर्नुहोला।धन्यवाद।
१) कानूनी लिखत सम्बन्धी
सामान्य सैद्धान्तिक ज्ञानः-
कपाली तमसुक, भोग
बन्धकी दृष्टि बन्धकी, राजिनामा तथा अचल सम्पत्तिको हक हस्तान्तरण, बारेसनामा, जाहेरी दरखास्त, म्याद
हदम्याद, तारेख, दर्ताद्वारा विवाह, अदालती दस्तुर, अंशियार, मृत्युको
न्यायिक घोषणा, संरक्षक,साक्षी, अधिकृत वारेसनामा, माथवर
तथा धर्मपुत्र धर्मपुत्री सम्बन्धी सामान्य जानकारी।
२) लेखापढी तथा लिखत सम्बन्धी कानूनः-
·
नेपालको संविधान
·
मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को
परिच्छेद ३, ४, ६ र १२
·
मुलुकी देवानी कार्यविधि नियमावली, २०७५
·
लेखापढी व्यवसायी सम्बन्धी नियमावली, २०५१
·
लेखापढी व्यवसायीको आचार संहिता २०६४
·
नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५०
सम्बन्धी सामान्य जानकारी
३) अदालत तथा अन्य सरकारी
कार्यालय वा निकायमा प्रयोग हुने लिखतको मस्यौदाः-
· कपाली
तमसुकको मस्यौदा
· भोग बन्धकी दृष्टि बन्धकीको मस्यौदा
· राजिनामा तथा अचल सम्पत्तिको हक हस्तान्तरण
सम्बन्धी मस्यौदा
· बारेसनामाको मस्यौदा
· जाहेरी दरखास्तको मस्यौदा
· म्याद/तारेख थमाउने निवेदन
· अदालती दस्तुर दाखिला गर्ने निवेदन
· अंशियार खुलाउने निवेदन
· साक्षी बकपत्रको निवेदन
· मुद्दा फिर्ता/मिलापत्रको निवेदन
· नामसारी, दाखिल खारेज गर्ने निवेदन
· हाल साबिक गरी पाउँ भन्ने निवेदन
· अंशवण्डापत्रको लिखत सम्बन्धी
· बकसपत्र सम्बन्धी लिखतहरु
· नक्कलको निवेदन
· सट्टापट्टाको लिखत/सहमतिपत्र
· अदालत, मालपोत कार्यालय, प्रहरी
कार्यालय, प्रशासन कार्यालय, न्यायिक समिति, स्थानीय तह समेतमा दैनिक प्रयोगमा
आउने निवेदन तथा तिनीहरूको ढाँचा सम्बन्धी जानकारी
धन्यवाद ।