साक्षी भनेको के हो ? साक्षी परीक्षण भनेको के हो ? साक्षी
किन आवश्यक छ ? साक्षी बकपत्र गर्ने प्रकृयावारे लेख्नुहोस ।
Ø मुद्दाको
विवादित विषयवस्तुको बारेमा देख्ने, सुन्ने र थाहा
पाउने व्यक्तिलाई साक्षी भनिन्छ । विवादित विषयवस्तुका बारेमा अदालतद्वारा
साक्षीलाई प्रश्न गरी निजले दिएको जवाफ लेखबद्ध गर्ने कार्यलाई साक्षी परीक्षण
भनिन्छ ।
Ø नेपाल
सरकार वा सार्वजनिक हक हित वा सरोकार रहेको मुद्दामा नबुझी नहुने साक्षीलाई
अदालतले म्याद जारी गरी झिकाउनेबाहेकका अन्य अवस्थामा जसको साक्षी हो उसैले साक्षी
उपस्थित गराउनु पर्छ । साक्षी परीक्षण गर्दा एक पक्षको साक्षीलाई अर्को पक्षले
जिरह गर्ने मौका दिनु पर्छ ।
Ø नेपालको
सशस्त्र द्वन्दका समयमा भएका मानवअधिकार उल्लंघन सम्बन्धि अपराधमा साक्षीको
आवश्यकता महसुस गरियो । यसका अतिरिक्त यातना सम्बन्धमा पनि साक्षीको प्रयोग
अत्यावश्यक रहेको देखिन्छ । पिडकको विरुद्धमा वा हिंसकको विरुद्धमा साक्षीले बयान
बकपत्र गर्नेहुँदा साक्षीलाई त्रासको वातावरणमा बस्नुपर्ने, भयभित
हुनुपर्ने तथा धाकधम्कीको सामना गर्नुपर्ने गम्भीर समस्याहरु देखिन्छ । सामान्यतया
गम्भीर प्रकृतिका फौज्दारी मुद्दा, यातना सम्बन्धि
मुद्दा, यौनजन्य हिंसा, गैरन्यायिक हत्या
एवम जबरजस्ती वेपत्ता पार्ने जस्ता मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरुमा
साक्षीहरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ । यस्ता गम्भिर प्रकृतिको अपराधमा
साक्षीको अभावमा न्याय सम्पादन कार्य प्रभावित हुनेगरेको देखिन्छ ।
Ø साक्षीले
आफुले देखेजानेको सत्यतथ्य कुरा व्यक्त नगर्दासम्म कुनैपनि विवादको निष्कर्षमा
पुग्न ज्यादै नै कठिन हुने गरेको छ ।
साक्षी परीक्षणको महत्व र आवश्कत्ताः
Ø खासगरी
साक्षीभनेको घटनाको सम्बन्धमा देखेजानेको सत्यतथ्य कुरा व्यक्त गर्नु हो ।
साक्षीले आफुले देखेजानेको सत्यतथ्य कुरा व्यक्त नगर्दासम्म कुनैपनि विवादको
निष्कर्षमा पुग्न ज्यादै नै कठिन हुने गरेको छ । मुख्यरुपमा मानवअधिकार उल्लंघनका
घटना, यौनजन्य अपराधका घटना, गैरन्यायिक हत्या, गैरकानूनी
पक्राउ, गैरकानुनी थुना र जबरजस्ती वेपत्ता पार्नेजस्ता गम्भिर
प्रकृतिका फौज्दारी अपराधमा पिडककोतर्फबाट दिइने धाकधम्की र प्रलोभन समेतको आधारमा
साक्षीलाई भयभित र त्रसित बनाई सत्यतथ्य भन्नबाट बन्चित गराउने पूर्ण आशंका रही
रहेको छ । यस्तो अवस्थामा निष्पक्ष न्याय सम्पादनकार्य पूर्णरुपमा प्रभावित हुने
प्रायः निश्चित देखिन्छ । यातना विरुद्धको समितिले नेपाल सम्बन्धि अध्ययनको
निष्कर्षमा यातनाको घटनाका बारेमा पीडितले घाउ जाँचकालागि दिने निवेदन र यातना
दिने व्यक्तिका विरुद्धदिने जाहेरी कर्तालाई पुनः पक्राउ गर्नसक्ने, थप यातना
दिनसक्ने जस्ता प्रतिशोधात्मकरुपमा आउने गरेको धाकधम्कीजस्ता कार्यलाई निरुत्साहित
पार्न साक्षी संरक्षण सम्बन्धि कानून तथा संयन्त्रको अभाव रहेको छ । यसैगरी
महिलाविरुद्धको हिंसामा संलग्न पिडकबाट पनि पीडित महिलाले आफुलाई जहिले पनि शोषित
हुने डरत्रास बनिरहेको हुन्छ । निज महिलाले आफुविरुद्ध भएको अपराधलाई लुकाएर हिड्न
बाध्य भएकी हुन्छन् । यतिमात्र होइन यौन हिंसाका पीडित महिलाले त आफु सामाजिकरुपमा
प्रताडीत भएको महसुस गर्छन् र समाज अगाडी आफ्नो पीडा राख्न सक्दैनन् । त्यसैले
न्याय पाउनबाट बन्चित रहेका हुन्छन् ।
Ø स्वयम्
पीडित नै घटनाको पहिलो प्रत्यक्षदर्शी साक्षी हुने गरेको मुद्दामा पीडित भन्दा
पक्का प्रमाण अरु केही हुन सक्दैन । तर पनि पीडितले साक्षी भै आफ्नो पीडा न्यायालय
समक्ष राखेरमात्र न्याय सम्भव नहुने भएकोले त्यस्ता मानवअधिकार उल्लंघनका
साक्षीकारुपमा स्वयम पीडित बाहेक निजकातर्फका प्रतिनिधित्व गर्ने कानून व्यवसायी, मानवअधिकार
कर्मी, पत्रकार समेतलाई धाकधम्की दिनेगरेको दृष्टान्तहरु हामीसामु
लुकेका छैनन् । साक्षी संरक्षणको अभावमा गम्भीर मानवअधिकार उल्लंघन, यौन
हिंसा, यातना, गैरन्यायिक हत्या, बलजफ्ती
वेपत्ता पार्ने लगायतका गम्भिर प्रकृतिका सरकार वादी फौजदारी मुद्दाका
प्रतिवादीहरुले सजायबाट उन्मुक्ति पाइरहेको अवस्था छ । यस्ता मुद्दाका साक्षी एकल
पीडित, कानून व्यवसायी, मानवअधिकार कर्मी
समेतले पिडकहरुको तर्फबाट धाकधम्की एवम दुव्र्यवहार व्यहोर्नु पर्ने हुनाले
अनुसन्धानका क्रममा वा अभियोजनका क्रममा सहयोग गर्न रुचाउदैनन् । फलस्वरुप
मुद्दाको अनुसन्धान कार्य फितलो हुन्छ र पिडकले उन्मुक्ती पाउछ । त्यसैले
साक्षीहरु, वेपत्ताका पारिएका व्यक्तिका नातेदारहरु, मानवअधिकार
रक्षकहरु तथा मानवअधिकार उल्लंघनका बारेमा अनुसन्धान गर्ने वा वकालत गर्नेहरुलाई
दुव्र्यवहार, धाकधम्की वा प्रतिशोधविरुद्ध सुरक्षा तथा संरक्षण
प्रत्याभूत गरियोस र औपचारिक अनुसन्धानमा सहयोग पुर्याइ रहेकाहरुकालागि संरक्षण
योजना स्थापित गरियोस् भनि मानवअधिकार आयोगको प्रतिवेदनमा समेत उल्लेख भएको पाईन्छ
।
बिषय |
कार्यविधि |
संवन्धित कानून |
साक्षी परीक्षण सम्बन्धी व्यवस्था |
· साक्षी बुझ्ने आदेश भएपछि पक्षहरूलाई साक्षी उपस्थित
गराउने तारेख तोक्नु पर्दछ। ·
यसरी तोकिएको
तारिखको दिन पक्ष आफैले साक्षीहरू उपस्थित गराउनु पर्छ। ·
साक्षी बुझ्न तोकिएको तारिखको दिन उपस्थित भएका सबै
साक्षीको वकपत्र गराउनु पर्छ। ·
सबै साक्षीको वकपत्र गराउन नभ्याइएमा अर्को दिन
त्यस्ता साक्षीको वकपत्र गराउनु पर्छ। ·
त्यसरी साक्षीलाई अर्को दिनको तारिख तोक्दा जतिजना
साक्षीको वकपत्र हुनसक्छ त्यति जना साक्षीलाई मात्र क्रमशः उपस्थित हुने गरी तारिख
तोकी बकपत्र गराउन सकिन्छ। ·
तारिखका दिन
उपस्थित नभएका साक्षीको बकपत्र हुन सक्दैन। ·
तर साक्षी उपस्थित
गराउन तोकिएको तारिखका दिन यातायात साधन
बन्द वा विपद परी साक्षी उपस्थित गराउन नसकिने भएमा स्थानीय तह वा
सरकारी निकायको सिफारिस सहित अर्को तारिख तोकी पाउन बाटो खुलेको मितिले बाटोको
म्याद बाहेक सात दिनभित्र सम्वन्धित पक्षले निवेदन दिन सक्दछ। ·
त्यस्तो निवेदन
परेमा ईजलासमा पेश गरी आदेश भएपछि साक्षी परीक्षण
गराउने गरी अर्को तारिख तोक्नु
पर्छ, |
दफा १७९ देकानि३० |
अदालतबाट
नवुझि नहुने साक्षी बुझ्न सकिने |
·
तारिखको दिन
उपस्थित नगराईएका साक्षी बुझिने
छैन तर, नेपाल सरकारको वा सार्वजनिक हक, हित वा सरोकार संलग्न रहेको मुद्दामा नबुझी नहुने साक्षीलाई बुझ्ने आदेश गरी
१५ दिन भित्र
अदालतमा उपस्थित हुन म्याद जारी गर्नु पर्छ। ·
त्यस्तो म्याद जारी भएमा तोकिएको दिनमा
सो साक्षी अदालतमा उपस्थित हुनुपर्छ। |
दफा १८० |
कर्मचारी खटाई साक्षी बुझ्ने कार्यविधि |
·
शारीरिक
अस्वस्थताका कारणले उपस्थित हुन नसक्ने साक्षीलाई बुझिपाऊ भनी
पक्षले निवेदन दिए निज बस्ने ठाउमा नै गई बुझ्न सकिन्छ। ·
त्यसरी बुझ्नको
लागि कुनै पक्षले निवेदन दिएमा र व्यहोरा मनासिब देखिएमा साक्षी बुझ्नको लागि ईजलासले आदेश दिन सक्छ। ·
यसरी आदेश भएकोमा
साक्षी बस्ने ठाँउमा न्यायाधीश आफैँ गई वा कर्मचारी खटाई साक्षी बुझ्ने काम
गर्नुपर्छ। ·
त्यसरी जाँदा लाग्ने खर्च निवेदन दिने पक्षले व्यहोर्नु पर्छ। |
दफा १८१ |
श्रव्य-दृष्य सम्वाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी
परीक्षण |
·
अति वृद्ध अवस्था, शारीरिक अशक्तता, अस्वस्थता वा नेपाल बाहिर रहे बसेको कारण कुनै साक्षी अदालतमा उपस्थित हुन
नसक्ने कारण देखाई त्यस्तो साक्षीको श्रव्य–दृश्य सम्वादको माध्यमबाट साक्षी परीक्षण गराईपाउँ भनी कुनै पक्षले दिएको निवेदन व्यहोरा मनासिब लागेमा त्यस्ता साक्षीको
श्रव्यदृश्य संवादको माध्यमबाट परीक्षण गर्न आदेश दिन सकिन्छ। ·
यसरी आदेश भएमा
सम्बन्धित पक्षले श्रव्य–दृश्य सम्वादबाट
साक्षी परीक्षण गर्नको लागि अदालतबाट तोकिएको दिन र ठाउँमा त्यस्ता साक्षीलाई
उपस्थित गराउनु पर्छ । ·
त्यसरी उपस्थित
भएको साक्षीलाई अदालतमा उपस्थित भएको साक्षी सरह मानी परीक्षण गर्नु वा गराउनु
पर्छ । ·
साक्षी परीक्षण
गराउँदा श्रव्य–दृश्य सम्वादबाट
भएको साक्षीको बकपत्र र श्रव्यदृश्य सम्वादको व्यहोरा लेखवद्ध गरी अभिलेख गर्नु
पर्छ । ·
श्रव्यदृश्य
सम्वाद मार्फत साक्षी बुझेको अभिलेखको तोकिए बमोजिम मुचुल्का गराउनु
पर्छ। ·
साक्षी परीक्षण
गर्दा वा गराउँदा लागेको खर्च श्रव्य–दृश्य सम्वाद मार्फत साक्षी परीक्षण
गराउन निवेदन दिने पक्षले व्यहोर्नु पर्छ । |
दफा १८२.
|
तोकिएको दिनमा नैं साक्षी
परीक्षण गर्नु पर्ने |
·
कर्मचारी खटाई साक्षी बुझ्ने र
श्रव्यदृष्य मार्फत साक्षी बुझ्ने अवस्था बाहेक पक्षलाई तोकिएको तारिखमा नै साक्षी परीक्षण गर्ने दिन तोक्नु पर्छ। ·
साक्षी परीक्षण
गर्न तोकिएको तारिखका दिनमा नै अदालतमा उपस्थित भएका सम्पूर्ण साक्षीहरूको
परीक्षण गरिसक्नु पर्छ। ·
एकै दिन सम्पूर्ण
साक्षीहरूको परीक्षण गर्न समय अभावको कारणले नभ्याउने भएमा कारण खुलाई त्यसको
भोलिपल्ट साक्षी परीक्षण गर्ने गरी साक्षी तथा पक्षहरूलाई तारिख तोक्नु पर्छ । ·
साक्षी परीक्षण
गर्दा साक्षीले व्यक्त गरेको कुराको बकपत्र तयार गरी निजको सहीछाप गराई अभिलेख
गर्नु पर्छ। |
दफा १८३, दफा १८६ |
शपथ लिनु पर्ने |
·
साक्षीले अदालतमा
उपस्थित भई बकपत्र गर्दा सत्य कुरा व्यक्त गर्ने कुराको उद्घोषण गरी न्यायाधीश समक्ष तोकिएको ढाँचामा शपथ लिनु पर्छ। |
दफा १८४ |
साक्षी परीक्षण न्यायाधीशले गर्नु पर्ने |
·
साक्षी परीक्षण
न्यायाधीश आफैले ईजलाशमा गर्नु पर्छ। ·
साक्षी परीक्षण गर्दा
र बकपत्र अभिलेख
गर्दा न्यायाधीशले आवश्यक पर्ने
कर्मचारीको सहायता लिन सक्छन्। |
दफा १८५ |
बकपत्र प्रमाणित गर्ने |
·
साक्षी परीक्षण
गर्दा मुद्दामा खुलाउनु पर्ने विषयको प्रश्न सोधी त्यस्तो प्रश्न, साक्षीले दिएको जवाफ र जिरह भएको भए त्यसको विवरण
बकपत्रमा खुलाउनु पर्छ । ·
जिरह र पुन सोधपुछ
समाप्त भएपछि साक्षीलाई कुनै कुरा व्यक्त गर्न बाँकी भए नभएको सोधी बाँकी भए
त्यस्तो कुरा समेत बकपत्रमा खुलाउनु पर्छ। ·
साक्षीको बकपत्र गराउँदा साक्षीलाई अनुचित, असम्बद्ध
वा बेइज्जत गर्ने वा झिझ्याउने किसिमका प्रश्न सोध्न अदालतले मनाही गर्नु पर्नेछ
। ·
बकपत्रको कागजमा साक्षी, मुद्दाका पक्ष र वकपत्रमा समावेश हुने कानून व्यवसायीको
समेत सहीछाप गराई न्यायाधीशले प्रमाणित गर्नु पर्छ ·
बकपत्रको कागजमा साक्षी, मुद्दाका पक्ष र वकपत्रमा समावेश हुने कानून व्यवसायी
मध्ये कसैले वा सबैले सहीछाप गर्न ईन्कार गरेमा सोही व्यहोरा उल्लेख गरी साक्षी
परीक्षण गर्ने न्यायाधीशले त्यस्तो कुरा प्रमाणित गरी मिसिल सामेल राख्नु पर्छ। ·
बकपत्रको ढाँचा देवानी कार्यविधि संहिताको अनुसूची १७ मा
तोकिएको छ। |
दफा १८७ देकानि
३० |
कैफियत खुलाई प्रमाणित गर्नु पर्ने |
·
साक्षी परीक्षण
गर्दा सम्बन्धित साक्षीले न्यायाधीशद्वारा सोधिएको प्रश्नको जवाफ नदिएमा, दिन ईन्कार गरेमा वा जुन प्रश्नको जवाफ खोजिएको हो सोको
जवाफ नदिई असम्बन्धित विषयको जवाफ दिएमा न्यायाधीशले सोको कैफियत खुलाई प्रमाणित
गर्नु पर्छ। |
दफा १८८ |
बन्द सवाल |
·
परिक्षण गर्नुपर्ने साक्षी अर्को जिल्लाको वासिन्दा भई निजको शारीरिक
अवस्थाको कारणले निजलाई मुद्दा रहेको अदालतमा उपस्थित गराई बकपत्र गराउन नसकिने
कुरा उल्लेख गरी बन्द सवाल मार्फत परीक्षण गराउन सम्बन्धित पक्षले निवेदन दिएमा
र व्यहोरा मनासिब देखिएमा बन्द सवाल मार्फत साक्षी परीक्षण गराउन ईजलासले आदेश दिन सक्छ। ·
बन्द सवाल मार्फत
साक्षी परीक्षण गराउनु परेमा त्यस्तो साक्षीलाई सोध्नु पर्ने प्रश्नहरू देवानी
कार्यविधि संहिताको अनुसूची–१८ को ढाँचामा तयार गरी न्यायाधीशबाट प्रमाणित गराई
साक्षी रहे बसेको जिल्लाको जिल्ला अदालतमा बन्द सवाल पठाउनु पर्छ र त्यस्तो सवाल विद्युतीय माध्यमबाट
समेत पठाउन सकिन्छ। ·
बन्द सवालमा उपस्थित नहुने कुनै पक्षले आफूले
साक्षीसँग सोध्न चाहेको प्रश्नहरु समावेश गरियोस भनी कारण खुलाई अदालतमा निवेदन
दिन सक्छ । ·
अदालतले त्यस्तो प्रश्न बन्दसवालमा समावेश हुनु
मनासिब देखेमा सोही बमोजिम बन्दसवालको प्रश्न तयार गर्नुपर्छ । ·
बन्द सवाल गराउने
आदेश भएमा मुद्दाका पक्षहरूलाई सोही बमोजिम बन्द सवाल गराउने अदालतमा उपस्थित
हुन तारिख तोकी त्यसको जानकारी सो अदालतलाई दिनु पर्छ। ·
बन्द सवाल प्राप्त
भएमा सो प्राप्त गर्ने अदालतले उपस्थित
गराईएको साक्षीलाई आफ्नो अदालतमा मुद्दा परे सरह कार्यविधि पूरा गरी बन्द सवालका
प्रत्येक प्रश्नको जवाफको बकपत्र तयार गरी त्यस्तो बकपत्रको कागजमा आवश्यक
प्रक्रिया पूरा गरी त्यस्तो व्यक्तिको सहिछाप
गराई ३ दिनभित्र
सम्बन्धित जिल्ला अदालतमा पठाउनु पर्छ। ·
बन्द सवाल गर्नु
पर्ने व्यक्ति हाजिर नभएमा बन्दसवाल प्राप्त गर्ने अदालतले सोही व्यहोरा उल्लेख गरी बन्द सवाल पठाउने
अदालतमा फिर्ता पठाउनु पर्छ। ·
बन्द सवालको
कारवाही सम्पन्न भएपछि वन्द सवाल गराउने अदालतले मुद्दाका पक्ष वा वारिसलाई
तारिख तोकी हाजिर हुन मुद्दा परेको अदालतमा फिर्ता पठाउनु पर्छ। |
दफा १८९ देकानि
३३ |
पक्ष वा साक्षीको परिचय गोप्य राख्न सक्ने |
·
कुनै पक्ष वा साक्षीको परिचय सार्वजनिक गर्दा निम्न
अवस्था हुने देखिएमा त्यस्तो पक्ष वा साक्षीको नाम, थर, वतन वा निजको
बाबु आमाको नाम वा हुलिया गोप्य राख्न
पक्षले अदालतमा अनुरोध गर्न सक्दछ: -
त्यस्तो पक्ष वा
साक्षीको सामाजिक प्रतिष्ठा वा ईज्जत उपर प्रतिकूल प्रभाव पर्न सक्ने, -
निज उपर कुनै
पक्षबाट अनुचित डर, त्रास वा भय हुन
सक्ने, -
निजको जीउ, ज्यानको सुरक्षामा प्रतिकूल असर पर्न सक्ने। ·
पक्षले त्यस्तो अनुरोध गरेमा अदालतले निवेदन
बमोजिम नाम, थर, वतन वा
परिचय गोप्य राख्ने आदेश दिन सक्छ। ·
त्यसरी गोप्य राखिएको ब्यक्तिको नाम, थर, वतन वा
निजको बाबु आमाको नाम वा निजको परिचय सो मुद्दाको सुनुवाई गर्दा वा सो सम्बन्धी विवरण प्रकाशन गर्दाका बखत आदेश बमोजिम गोप्य नाम, थर, वतन वा परिचय राखी
प्रकाशन गर्नु पर्छ। |
दफा
२७६ |
अनुवादकको सहयोग लिन सक्ने |
·
नेपाली भाषा नबुझ्ने पक्ष वा साक्षीको बयान वा बकपत्र गराउँदा वा अन्य कुनै कार्य गर्दा सम्बन्धित भाषाको अनुवादकको सहयोग लिन सकिन्छ। ·
त्यस्तो सहयोग लिँदा भएको खर्च सम्बन्धित पक्षले व्यहोर्नु पर्छ। |
दफा
२७४ |
साक्षी हाजिर गराई बकपत्र गराईपाउने भन्ने
निवेदनको ढाचाः
श्री ......................... जिल्ला अदालतमा पेस गरेको
निवेदन पत्र
विषय : साक्षी
हाजिर गराई बकपत्र गराइपाऊँ ।
मुद्दा र. नं.-
मुद्दा नं.-
.....................को छोरा/.............जिल्ला……...................….....न.पा. / गा.पा. वडा नं.....
बस्ने वर्ष ....को……….........................(तीन पुष्टे विवरण र
ठेगान लेख्ने) १ निवेदक
विरुद्ध
......................को छोरा/ ..................... जिल्ला....................न.पा./ गा.पा. वडा नं.....
बस्ने वर्ष............को....................................... तीन पुष्टे विवरण र ठेगान लेख्ने).१ विपक्षी
मुद्दा– ...........
निवेदनबापत
लाग्ने दस्तुर रु.१०।– साथै राखी निम्नानुसार निवेदन गर्दछु/गर्दछौं :–
१. मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १७९, १८३, १८६ बमोजिम / मुलुकी फौजदारी कार्यविधि
संहिता,
२०७४ को दफा १01,१06 बमोजिम उल्लिखित मुद्दामा सम्मानित अदालतको आदेशबमोजिम फिरादपत्र र
प्रतिउत्तरपत्र/बयानको प्रमाण खण्डमा उल्लिखित साक्षी लिई हाजिर
हुन आउनु भनी मलाई/हामीलाई आजको तारिख तोकी पाएकोमा तपसिलमा उल्लिखित साक्षी लिई उपस्थित भएको छु/छौं ।हाजिर
गराई अड्डाको तर्फबाट/आफ्नै तर्फबाट/कानून व्यवसायीमार्फत बकपत्र गराइपाऊँ ।
साक्षीको नाम थर
(क) जिल्ला............ न.पा./गा.पा................. वडा नं.. बस्ने अं. वर्ष .... को
.............................१
(ख) जिल्ला............ न.पा./गा.पा................. वडा नं.. बस्ने अं. वर्ष .... को
.............................१
२. लेखिएको बेहोरा ठिक साँचो हो
फरक ठहरे कानूनबमोजिम सहुँला बुझाउँला ।
निवेदक
.....................
इति संवत् 2082 साल. साउन महिना..9 गते रोज 4
शुभम् .......................................।