तारेख भनेको के हो ?
मुद्दाका पक्षलाई
अदालतमा उपस्थित हुनु भनी किटान गरी तोकिएको दिनलाई तारिख भनिन्छ। मुद्दाको
कारबाहीको प्रत्येक चरणमा मुद्दाका पक्षको उचित प्रतिनिधित्व र सहभागिता गराउने
उद्देश्यको लागि अदालतले मुद्दाका पक्षलाई तारिख तोक्नु पर्छ। यसरी तारिख तोक्दा
मुद्दाको काम र प्रयोजन समेत तारिख भरपाई र तारिख पर्चामा खुलाउनु पर्छ। तोकिएको
दिनमा मुद्दाका पक्षले तारिख भरपाईमा सहीछाप गरेमा सो तारिखमा अदालतमा उपस्थित
भएको मानिन्छ। देवानी कार्यविधि संहितामा तारिख र म्याद सम्बन्धमा गरिएको केही
व्यवस्था निमनाअनुसार छन्ः
तारिखमा राख्नु पर्ने (मु.दे. का १३५
र दे.का.नि २५)
Ø मुलुकी देवानी कार्यविधिको दफा १३५ र देवानी
कार्यविधि नियमवलीको नियम २५ अनुसार तारिखमा बस्नु नपर्ने अवस्थामा बाहेक मुद्दाका
प्रत्येक पक्षलाई तारिखमा राखी मुद्दाको कारबाही, सुनुवाई र किनारा
गर्नुपर्छ।
Ø मुद्दामा प्रमाण बुझिसकेपछि अदालतको अनुमती लिई
तारिखमा नवस्त्र पनि सकिन्छ।
Ø यसरी तारिखमा बस्न नचाहानेले दिएको निवेदन
इजलासमा पेश गरी भएको आदेश बमोजिम गर्नुपर्छ।
Ø तारिखमा नबसेको पक्षसँग कुनै कुरा बुझ्नु परेमा
७ दिनको सूचना दिई झिकाई बुझ्नु पर्छ।
Ø यसरी तारिखमा नरहेको पक्षले तारिखमा बस्न चाही
निवेदन दिएमा पुनः तारिखमा राख्नुपर्छ।
एकैदिनको तारिख तोक्नुपर्ने (मु.दे.का
१३६)
Ø मुलुकी देवानी कार्यविधिको दफा १३६ अनुसार
तारिख तोक्दा दुवै पक्षलाई एकै दिनको तोक्नुपर्छ।
Ø फिरादपत्र दर्ता भएपछि प्रतिउत्तरपत्र दाखिला
हुने म्यादको अड्कल गरी प्रतिउत्तरपत्र पर्ने वा पर्न सक्ने अवधि कटाई बादीलाई
तारिख तोक्नुपर्छ।
Ø मुद्दा लिई अदालतमा प्रवेश गरेका मुद्दाका पक्षलाई मिति किटान गरी अदालतले
बोलाएको निश्चित दिनलाई तारिख भनिन्छ। प्राकृतिक न्यायको सिद्धान्त अनुसार
मुद्दामा फिराद वा सो सरहको लिखत लिई अदालतमा जाने (वादी/निवेदक) पक्षलाई मात्रै
सुनी अदालतले इन्साफ गर्न मिल्दैन।
Ø मुद्दाको अर्को पक्ष (प्रतिवादी/विपक्षी) लाई सो कुराको जानकारी दिई दुवै
पक्षका प्रमाण बुझी निर्णय गर्न अदालतलाई केही समय लाग्ने भएकाले अदालतले मुद्दाका
पक्षलाई तारेखमा राखेर मुद्दाको कारबाही, सुनुवाइ, किनारा गर्न आवश्यक हुन्छ। यसरी पक्ष
(वादी/प्रतिवादी) लाई अदालतमा उपस्थित हुनका लागि प्रयोजन सहित किटान गरिएको मिति
नै तारिख हो।
Ø कानुनले तारेखमा बस्नु नपर्ने अवस्थामा बाहेक अदालतले मुद्दाका प्रत्येक
पक्षलाई तारिखमा राखी मुद्दाको कारबाही, सुनुवाइ, किनारा गर्छ।
• दुवै पक्षको प्रमाण बुझिसकिएको अवस्थामा पक्षले निवेदन दिई
अदालतको आदेशअनुसार तारिखमा नबस्न पनि सक्छन्।
• प्रयोजन उल्लेख गरी दुवै पक्षलाई एकै दिन पर्ने गरी तारिख
तोकिएको हुन्छ।
• तारिख तोकिएको दिनमा सार्वजनिक बिदा परेमा त्यस्तो तारिख
बिदा सकिएको भोलिपल्टलाई तोकिएको मानिन्छ।
• पक्षले तारिख गुजारेमा सम्बन्धित फाँटवालाले सोको बेहोरा
जनाई माथिल्लो तहको अधिकृतबाट प्रमाणित गराउनुपर्छ।
• तारिखमा उपस्थित हुनुपर्ने व्यक्ति थुनामा परेमा आफै वा
एकाघरको परिवारको सदस्य वा कानुन व्यवसायी वा वारिस मार्फत सोको जानकारी अदालतलाई
दिनुपर्छ।
• कुनै पनि सरकारी निकाय तारिखमा बस्नु पर्दैन। सम्बन्धित
सरकारी वकिल कार्यालयले मुद्दामा प्रतिनिधित्व जनाउँछन्।
• अदालतले तारिखमा राख्नु भनेकोमा बाहेक पुनरावेदन तहमा
मुद्दाका पक्षलाई तारिखमा नराखी मुद्दाको कारबाही, सुनुवाइ, किनारा गर्न सकिन्छ।
• साधारण तारिख, पेशी तारिख आदि तारिखमा प्रकारहरू हुन्।
• मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को
परिच्छेद ८ (दफा ८१ – ८८), मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को
परिच्छेद ८ (दफा १३५ – १४३), परिच्छेद २१ (दफा २२२ – २२८) समेतका
कानुनहरूले तारिख सम्बन्धी व्यवस्था गरेको पाइन्छ।
अदालतमा
मुद्दा दायर गरेपछि तोकिएको तारिखमा उपस्थित भई मुद्दाको कारबाही, सुनुवाइमा सरिक हुनु, अदालतलाई आदेशअनुसारको प्रमाण सङ्कलनमा
सहयोग गर्नु र आफ्नो हकको स्थापनाका लागि सचेत रहनु मुद्दाका पक्षहरूको दायित्व
हो। अदालतले मुद्दाका पक्षले तारेख छोडेमा कानुन बमोजिमको निश्चित समय बाहेक थप
समय पर्खन सक्दैन। अदालतबाट तोकिएको तारेखका दिन कुनै पक्ष अनुपस्थित भई तारिख
गुजारी कानुन बमोजिम थाम्ने थमाउने अवधि समेत समाप्त भएपछि मुद्दा निम्नानुसार
हुन्छ
देवानी मुद्दामा
• प्रतिउत्तर पत्र
पेस नहुँदै वादीले तारिख गुजारेमा फिराददावी डिसमिस हुन्छ।
• प्रतिउत्तर पत्र
पेस भएपछि वादीले तारिख गुजारेमा प्रतिवादीले फिराद दाबी आंशिक वा पुरै स्वीकार
गरेमा सो हदसम्म सोही बमोजिम फैसला र वाँकी मुख नमिलेको कुरामा डिसमिस हुन्छ।
• प्रतिउत्तर पत्र
पेस नभएको वा पेस गरेपछि प्रतिवादीले तारेख गुजारेमा वादीबाट पेस भएको फिरादपत्र, वादीका प्रमाण बुझी सोही आधारमा फैसला हुन्छ।
• दुवै पक्षले
जुनसुकै बखत तारिख गुजारेमा मुद्दा डिसमिस हुन्छ।
• एक पटक मुद्दा
डिसमिस भएमा उही वादी प्रतिवादीका बिचमा सोही विषयमा अर्को फिराद दाबी लाग्न
सक्दैन।
मुलुकी देवानी
कार्यविधि संहिता, २०७४ को दफा १४१ ले यस सम्बन्धी व्यवस्था
गरेको छ।
फौजदारी मुद्दा
• थाम्ने थमाउने
म्याद व्यतीत गरी मुद्दाका दुवै पक्ष अदालतमा उपस्थित नभएमा अदालतले मिसिलमा रहेका
प्रमाणबाट प्रतिवादीले वादी दाबी पुरै वा आंशिक रूपमा स्वीकार गरेमा सो हदसम्म
इन्साफ गर्छ भने स्वीकार नगरेमा वा स्वीकार गरेको नठहरिएमा खारेज हुन्छ।
• वादी हाजिर रहेको
तर प्रतिवादीले तारेख गुजारेको अवस्थामा बुझ्नुपर्ने प्रमाण बुझी ठहरे बमोजिम
फैसला हुन्छ।
• अदालतमा बयान
प्रतिउत्तर लिइसकेपछि तोकिएको तारेखमा प्रतिवादी अदालतमा उपस्थित नभएमा पनि कानुन
बमोजिम मुद्दाको कारबाही र किनारा हुन्छ।
o मुलुकी फौजदारी
कार्यविधि संहिता, २०७४ को दफा ८५ मा यस सम्बन्धी व्यवस्था
रहेको छ।
यी समयावधि
कानुनद्वारा नै निर्धारण गरिएका हुन्छन्। हदम्याद,
म्याद र तारिख
मुद्दाका पक्षको चासोको विषय हो। कानुनले तोकेको समयभित्र अदालत प्रवेश नगरेमा वा
अदालती काम कारबाहीमा सरिक नभएमा सो को परिणाम सम्बन्धित पक्षले नै ब्यहोर्नुपर्छ।
देवानी मुद्दामा तारेख थाम्ने निवेदनको नमुना
श्री तनहुँ जिल्ला अदालतमा पेस गरेको
निवेदन पत्र
विषय : गुज्रेको तारेख थामी पाउँ ।
मुद्दा नं. ०82-cp-०६11
तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका वडा
नं.२ बस्ने कविलाल विश्वकर्मा.......१ निवेदक/
वादी
विरुद्ध
तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका वडा नं.२ बस्ने मनिलाल .समेत................१ विपक्षी/प्रतिवादी
मुद्दा:- अंशचलन
।
निवेदनबापत लाग्ने दस्तुर रु.१०।– साथै राखी निम्नानुसार निवेदन गर्दछौं ।
१. उपर्युक्त मुद्दामा सम्मानित तनहुँ जिल्ला अदालतबाट
मिति २०८2।2।20 गतेको तारेख तोकी पाएकोमा उक्त दिन म बिरामी भई काबू बाहिरको
परिस्थिति परी तारेख गुज्रन गएकोले गुज्रेको तारेख थामी पाउने २१ दिन मध्ये पहिलो
पटक ११ दिन गुज्रेकोले गुज्रेको थारिख थामि पाउँन मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को
दफा २२३ बमोजिम गुज्रेको तारिख थामी पाउँ ।
२. लेखिएको बेहोरा ठिक साँचो हो
फरक ठहरे कानूनबमोजिम सहुँला बुझाउँला ।
निवेदक
कविलाल विश्वकर्मा
इति संवत् २०८2 साल जेठ महिना २४ गते रोज १ शुभम्
...................................।
फौजदारी मुद्दामा तारेख ठमाउने निवेदनको ढाँचा।
श्री तनहुँ जिल्ला अदालतमा पेस गर
निवेदन पत्र
विषय : गुज्रेको तारेख थामी पाउँ ।
मुद्दा नं. ०८2-c१-०250
बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं.१०
बस्ने मनोज जंग शाही......१ निवेदक/प्रतिवादी
विरुद्ध
रामलाल राजवंशीको जाहेरीले नेपाल सरकार...........................................१ विपक्षी/वादी
मुद्दा:- लागू औषध।
निवेदनबापत
लाग्ने दस्तुर रु.१०।– साथै राखी निम्नानुसार
निवेदन गर्दछौं ।
१. उपर्युक्त मुद्दामा सम्मानित तनहुँ जिल्ला अदालतबाट
मिति २०८२।०२।१९ गतेको पेशी तारेख तोकी पाएकोमा उक्त दिन यातायात
व्यवसायीहरूको आन्दोनलका कारण सवारी आगमन बन्द भएको र मिति २०८२।०२।२० गते म
बिरामी भई काबू बाहिरको परिस्थिति परी भोलीपल्ट उपस्थित हुन नसकी तारेख गुज्रन
गएकोले गुज्रेको तारेख थामी पाउने १५ दिन मध्ये पहिलो पटक ७ दिन गुज्रेकोले
गुज्रेको थारिख थामि पाउँन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को
दफा ८५(१) बमोजिम गुज्रेको तारिख थामी पाउँ ।
२. लेखिएको बेहोरा ठिक साँचो हो फरक ठहरे कानूनबमोजिम सहुँला बुझाउँला ।
निवेदक
मनोजजंग शाही
इति संवत् २०८२ साल जेठ महिना २६ गते रोज २ शुभम्
.............................।
अभ्यासको लागी प्रश्नहरुः
1.
तनहुँ जिल्ला अदालतमा चलेको वादी चमेली शर्मा र प्रतिवादी राधा शर्मा
भएको लेनदेन मुद्दामा वादीको तर्फबाट ९ दिन पहिलो पटक तारेख गुज्रन गएको हुँदा
तारेख थाम्ने निवेदन लेख्नुहोस् ।
2.
तपाई लागू औषध मुद्दामा तारेख यही साउन १ गते भएकोमा
ज्वरोका कारणले उपस्थित हुन सक्नु भएन। २ गते तपाई अदालत उपस्थित हुनु भयो तर
मुद्दा फाँटबाट तारेख थमाउने निवेदन लिएर आउनु भन्नुभयो यस अवस्थामा तयार पार्ने
तारेख थमाउने निवेदनको नमुना तयार पार्नुहोस।
3.
तपाई सम्बन्ध विच्छेद मुद्दको तारेख यही साउन १५
गते रहेकोमा बाटो बन्द भएको कारण उपस्थित हुन सक्नु भएन। १८ गते तपाई अदालत
उपस्थित हुनु भयो तर मुद्दा फाँटबाट तारेख थमाउने निवेदन लिएर आउनु भन्नुभयो यस
अवस्थामा तयार पार्ने तारेख थमाउने निवेदनको नमुना तयार पार्नुहोस।