हदम्याद भनेको के हो ? मुद्दामा यसको के महत्व छ ?
मर्का परेको व्यक्तिले मर्का परेको
ब्यहोरा सहितको फिरादपत्र, निवेदन पत्र, उजुरी
पत्र वा जाहेरी दरखास्त अदालत वा न्यायिक निकाय वा सम्बन्धित निकायमा दायर गर्न
कानुन बमोजिम तोकिएको निश्चित समयावधिलाई हदम्याद भनिन्छ। हदम्याद नाघी प्राप्त
हुने फिरादपत्र, निवेदन पत्र, उजुरी वा जाहेरी
उपर कानुन बमोजिमको कारबाही गर्न मिल्दैन र खारेज हुन्छ। कानुन बमोजिम उजुर गर्नका
लागि तोकिएको अन्तिम अवधि हदम्याद हो। हदम्यादको व्यवस्थाले जुनसुकै विषयमा जहिले
सुकै उजुरी गर्न पाउने अनिश्चिततालाई हटाउँछ।यो विवाद समाधानका लागि वा आफ्नो हक
प्रचलन, स्थापना, पुनर्स्थापना गर्नको लागि
कानुनद्वारा तोकिएको अवधिभित्र अदालत, न्यायिक निकाय वा
अधिकारी समक्ष उपचारका लागि प्रवेश गर्ने समय हो। हदम्यादको सम्बन्धमा व्यक्ति
स्वयम् सचेत हुनुपर्छ अन्यथा आफ्नो कानुनी हक गुम्न सक्छ। मर्का पर्ने व्यक्ति
समयमै उपचार खोज्न जानुपर्छ। आफ्नो हक, अधिकार प्रति चुप
लागेर बस्ने व्यक्तिलाई अदालतले मद्दत गर्न सक्दैन। हदम्याद पक्षहरूको सहमतिबाट
परिवर्तन गर्न, परित्याग गर्न वा घटाउन वा बढाउन सकिँदैन। कुनै कानुनले
हदम्याद तोकेको विषयमा जहिले सुकै नालिस दिन सकिन्छ। जस्तोः राज्य विरुद्धका
कसूरमा हदम्याद लाग्दैन। नेपालमा हदम्याद सम्बन्धी छुट्टै कानुन छैन तर मुलुकी
अपराध संहिता, २०७४ ले विभिन्न फौजदारी कसुरमा र मुलुकी देवानी संहिता, २०७४ ले
देवानी मुद्दाहरूमा हदम्याद तोकेको छ भने मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को
परिच्छेद ५ मा हदम्याद सम्बन्धी कार्यविधि सम्बन्धी व्यवस्था गरिएको छ।
देवानी
संहिता र देवानी कार्यविधि संहितामा रहेका हदम्याद सम्वन्धी ब्यबस्थालाई देहाय
बमोजिम प्रस्तुत गरिएको छ।
परिच्छेदको
विषय |
नालिश गर्नुपर्ने हद्म्याद |
संवन्धित
कानून |
हदम्यादभित्र
फिराद गर्नु पर्ने |
· अदालतमा
मुद्दा दायर गर्न कानून बमोजिम कुनै निश्चित समयावधि तोकिएकोमा त्यस्तो
समयावधिलाई हदम्याद भनिन्छ। · हदम्यादको
व्यवस्था भएकोमा सम्बन्धित व्यक्तिले त्यस्तो हदम्यादभित्र अदालतमा फिरादपत्र
दायर गर्नु पर्दछ। · हदम्याद
नाघेको फिराद दर्ता हुन सक्दैन। कुनै कारणवश दर्ता हुन गएको रहेछ भने पनि
त्यस्तो फिरादपत्र खारेज हुन्छ। |
देवानी
कार्यविधि संहिताको दफा ४७ |
हदम्यादको
ब्यबस्था नभएकोमा |
· फिरादपत्र
दायर गर्ने सम्बन्धमा कानूनमा कुनै हदम्याद उल्लेख नभएकोमा कारण परेको मितिले ६
महिनाभित्र फिराद गर्न सकिन्छ। |
दफा ४८ |
हदम्याद
प्रारम्भ हुने |
· कुनै
विषयमा फिराद गर्न जुन कानूनमा हदम्यादको व्यवस्था भएको छ सोही कानून बमोजिम नै
हदम्याद प्रारम्भ भएको मानिन्छ। · हदम्याद
प्रारम्भ हुने सम्बन्धमा कानूनी व्यवस्था नभएकोमा फिराद गर्नु पर्ने कारण परेको
मितिले हदम्याद प्रारम्भ भएको मानिन्छ। |
दफा ४९ |
थाहा
पाएको मितिले फिराद गर्नु पर्ने |
· तर दफा
४८,४९ मा जे लेखिएतापनि धोका, कीर्ते, जालसाजी
वा षड्यन्त्रको फलस्वरुप वा त्यस्तै अन्य कुनै कारण परी वा गोप्य रूपमा कुनै काम
भई थाहा पाउन सक्ने स्थिति नभई कसैको हदम्याद गुज्रन गएकोमा निजले त्यस्तो कुरा
थाहा पाएको मितिले ९० दिनभित्र फिरादपत्र दर्ता गर्नु पर्छ। · नेपाल
सरकार, प्रदेश सरकार, स्थानीय तह वा
कुनै सङ्गठित संस्थाको हकमा थाहा पाएको मिति भन्नाले त्यस्तो सरकार वा तहको
सम्बन्धित कार्यालय वा त्यस्तो संस्थालाई फिराद गर्नु पर्ने कुराको जानकारी भएको
मितिलाई मानिन्छ। |
दफा ५० |
हदम्यादको अवधि गणना |
· हदम्यादको अवधि गणना गर्ने विषयमा दुविधा र अलमल पर्न गएमा निम्न बमोजिमको आधारमा म्याद गणना गरी एकिन गर्नु पर्दछः- -
दिन गन्तिमा हदम्यादको अवधि तोकिएको भए दिन गन्तीको हिसावले गणना गर्ने, -
हदम्यादको दिन गन्ती गर्दा हदम्याद सुरु भएको भोलिपल्ट देखि गणना गर्ने, -
हदम्यादको अवधि महिनामा तोकिएको भए जति दिनको महिना भए पनि संक्रान्तिको हिसाबले महिनाको गणना गर्ने, -
हदम्यादको अवधि वर्षमा तोकिएको भए १२ महिनाको १ बर्ष मानी बर्षको हिसाबले गणना गर्ने। |
दफा ६२ |
देवानी
संहितामा विभिन्न परिच्छेदमा भएका हदम्याद सम्वन्धी ब्यबस्था |
||
अंशबण्डा |
· अंश
मुद्दामा निम्नअवस्थामा जहिलेसुकै पनि नालिश गर्न पाइन्छः o अंशबण्डा नै नभएको, o अंशबण्डा
हुँदा गोश्वाराको लिखत भएको, o लिखत
नभए पनि हिसाब गरी दुवै पक्षले भोग गरेकोमा। · अंशबण्डामा
चित्त नबुझेमा त्यस्तो बण्डा भएको मितिले ३ महिनाभित्र। · सम्पत्ति
लुकाए वा छिपाएको सम्बन्धमा अंशियारको जीवनकाल रहेसम्म। · माथि
लेखिएदेखि बाहेक अन्य अवस्थामा त्यस्तो काम कारबाही भए गरेको मितिले ६
महिनाभित्र। |
देवानी
संहिताको दफा २३५ |
अनुचित
सम्वृद्धि |
· मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र। |
दफा
६७१ |
अन्तर्देशिय
धर्मपुत्र र धर्मपुत्री |
· छुट्टै
हदम्याद तोकिएकोमा सोही बमोजिम। · हदम्याद
नतोकिएकोमा काम कारबाही भए गरेको मितिले १ वर्षभित्र। |
दफा
२०४ |
अपुताली |
· हदम्याद
लेखिएकोमा सोही हदम्यादभित्र। · अन्यमा
अपुताली खुला भएको मितिले ३ वर्षभित्र। |
दफा
२५० |
करार
सम्वन्धी |
||
अप्रत्यक्ष
वा अर्ध करार |
· मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र। |
दफा
६६३ |
एजेन्सी
सम्वन्धी करार |
· मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र। |
दफा
६०१ |
करार
सम्पन्न गर्ने ब्यबस्था |
· मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र। |
दफा
५१६ |
करारको
उल्लङ्घन र उपचार |
· मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र। |
दफा
५४४ |
करारको
परिपालना |
· मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र। |
दफा
५३४ |
करारको
बैधता |
· बदर
हुने करारको हकमा जहिलेसुकै। · बदर
गराउन सकिने करारको हकमा करार बदर गराउन पर्ने कारण उत्पन्न भएको मितिले १ वर्ष। · अन्य
करारको हकमा मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र। |
दफा
५२० |
जमानत
सम्वन्धी करार |
· मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र। |
दफा
५७४ |
दायित्व
सम्वन्धी करार |
· मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र। |
दफा
५०३ |
धितो
धरौट सम्वन्धी करार |
· मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र। |
दफा
५९० |
नासो
सम्वन्धी करार |
· मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र। |
दफा
५८४ |
बस्तु
ढुवानी सम्वन्धी करार |
· मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र। |
दफा
६०९ |
लिज
सम्वन्धी करार |
· मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र। |
दफा
६२३ |
वस्तुबिक्रि
सम्वन्धी करार |
· मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र। |
दफा
५६२ |
हायरपर्चेज
करार |
· मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र। |
दफा
६३९ |
गुठी
सम्वन्धी |
· देहायको
विषयमा जहिलेसुकै नालिश गर्न सकिनेः o गुठीको
सम्पत्ति हिनामिना गरेको। o गुठीको
सम्पत्तिसँग सम्बन्धित कुनै लिखत जालसाजी वा किर्ते गरेको। o गुठीको
सम्पत्ति मासे खाएको। o सञ्चालकले
गुठी संस्थापनापत्रको शर्त विपरीत फाइदा लिएको। o गुठीको
सम्पत्ति वा सोको मूल्य वा आय सञ्चालक वा अन्य व्यक्तिबाट फिर्ता गराउनु परेको। · उल्लिखित
विषय बाहेक अन्य विषयमा कारण परेको मितिले ६ महिनाभित्र। |
दफा
३५१ |
घरबहाल |
· काम
कारबाही भए गरेको मितिले ६ महिनाभित्र। |
दफा
४०५ |
जग्गा
आवाद भोगचलन तथा दर्ता |
· काम
कारबाही भए गरेको थाहा पाएको मितिले ६ महिनाभित्र। |
दफा
२९८ |
ज्याला
मजुरी |
· दफा
६४४ घरेलु सहायक सम्वन्धी विषयको हकमा मुद्दा गर्नु परेको कारण उत्पन्न भएको
मितिले ३ महिनाभित्र · अन्य
कुराको हकमा ३५ दिनभित्र। |
दफा
६४७ |
त्रुटिपूर्ण
उत्पादन |
· काम
कारबाही भए गरेको मितिले १ वर्षभित्र। |
दफा
६९१ |
दानबकस |
· छुट्टै
हदम्याद तोकिएमा सोही बमोजिम। · आफूले
दान वा बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले २ वर्षभित्र। · दिन
नहुने दान वा बकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले २ वर्षभित्र। · अन्य
अवस्थामा काम कारबाही भए गरेको थाहा पाएको मितिले १ वर्षभित्र। |
दफा
४१२ |
दुष्कृति |
· काम
कारबाही भए गरेको मितिले ६ महिनाभित्र। |
दफा
६८४ |
धर्मपुत्र
र धर्मपुत्री |
· काम
कारवाही भए गरेको मितिले १ वर्षभित्र। |
दफा
१८७ |
नागरिक
अधिकार |
· गिरफ्तार
वा थुनिएको हकमा जहिलेसुकै, · अन्य
अवस्थामा त्यस्तो काम कारबाही भए गरेको मितिले ६ महिनाभित्र |
दफा २९ |
प्राकृतिक
ब्यक्ति |
·
शरिरको परिक्षण वा अङ्ग परिवर्तन गर्ने
गराउने सम्वन्धी काम कारबाहीमा भए गरेको मितिले ३ महिनाभित्र, ·
मृत्यु सम्वन्धी न्यायिक घोषणाबाट
मृतघोषित ब्यक्ति स्वयं उपस्थित भै मृत्युको न्यायिक घोषणा बदर गराउन त्यस्तो
काम कारबाही भएको थाहा पाएको मितिले १ वर्षभित्र, ·
माथि लेखिएदेखि बाहेक अन्य अवस्थामा काम कारबाही भए
गरेको मितिले ६ महिनाभित्र। |
दफा ४१ |
प्राकृतिक
ब्यक्तिको दामासाही |
· दफा ५४
अन्तर्गतको दामासाहीको कार्वाही प्रारम्भ गर्दा नालिस गर्नु पर्ने कारण परेको
मितिले ३ वर्षभित्र, · दफा ६२
र ६४ सम्बन्धी विषयमा थाहा पाएको मितिले २ वर्षभित्र, · माथि
लेखिएदेखि बाहेक अन्य अवस्थामा भए गरेको मितिले ६ महिनाभित्र। |
दफा ६६ |
फलोपभोग |
· काम
कारबाही भए गरेको थाहा पाएको मितिले ६ महिनाभित्र। |
दफा
३६७ |
बन्धकी |
· हदम्याद तोकिएकोमा सोही बमोजिम, · अन्य
अवस्थामा काम कारबाही भए गरेको मितिले १ वर्षभित्र |
दफा
४५३ |
बाबुआमा
र सन्तानको सम्वन्ध |
· छुट्टै
हदम्याद लेखिएकोमा सोही बमोजिम, · अन्य
अवस्थामा काम कारबाही भए गरेको मितिले ६ महिनाभित्र। |
दफा
१२३ |
बिबाह
सम्वन्धी |
· मर्का
पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले ३ महिनाभित्र। |
दफा ८४ |
बिबाहको
परिणाम |
· मर्का
पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले ३ महिनाभित्र। |
दफा ९२ |
मातृक
तथा पैतृक अख्तियारी |
· काम
कारबाही भए गरेको मितिले ६ महिनाभित्र। |
दफा
१३४ |
माथवर |
· काम
कारबाही भए गरेको थाहा पाएको मितिले ६ महिनाभित्र। |
दफा
१६८ |
लिखत
पारीत |
· काम
कारबाही भए गरेको मितिले १ वर्षभित्र। · अर्को
इलाकाको कार्यालयबाट लिखत पारित भएकोमा सम्बन्धित कार्यालयमा त्यस्तो लिखतको
प्रति प्राप्त भएको मितिले १ वर्षभित्र। |
दफा
४७३ |
लेनदेन
ब्यबहार |
· जहिलेसुकै
नालिस दिन सकिनेः -
असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्ति
आफ्नो गराउन, हिनामिना वा नोक्सान गर्न वा बिगार्न लेनदेन गरेको, -
ब्याजको ब्याज लिएको, -
ब्याजमा १० प्रतिशत भन्दा बढी लिएको। · माथि
लेखिएको वाहेक अन्यमा देहाय बमोजिम नालिस गर्न सकिने -
नालिस गर्न छुट्टै हदम्याद तोकिएकोमा
सोही बमोजिम, -
कुनै लिखतमा अवधि उल्लेख भएकोमा सो अवधि
नाघेको मिति र लिखत नभएको वा अन्य अवस्थामा मुद्दा गर्नु पर्ने कारण परेको
मितिले १ वर्षभित्र। |
दफा
४९२ |
संरक्षकत्व |
· त्यस्तो
काम कारबाही भए गरेको थाहा पाएको ६ महिनाभित्र। |
दफा
१५२ |
सम्पत्ति
हस्तान्तरण तथा प्राप्ती |
· छुट्टै
हदम्याद तोकिएकोमा सोही बमोजिम, · दफा
४४९ को हकमा जहिलेसुकै, · अन्य
अवस्थामा काम कारबाही भए गरेको थाहा पाएको मितिले ६ महिनाभित्र। |
दफा
४३४ |
सम्पत्तिको
उपभोग (खिचोला समेत) |
· काम
कारबाही भए गरेको थाहा पाएको मितिले ६ महिनाभित्र। |
दफा
२८६ |
सम्पत्ती
सम्वन्धी सामान्य व्यबस्था |
· काम
कारबाही भए गरेको मितिले ६ महिनाभित्र। |
दफा
२६५ |
सम्वन्ध
विच्छेद |
· मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले वा थाहा पाएको मितिले ३ महिनाभित्र। |
दफा
१०४ |
सरकारी,
सार्वजनिक तथा सामुदायिक सम्पत्ति |
· दफा
३०५, ३०६ र ३०७ को सम्बन्धमा जहिलेसुकै, · अन्य
दफा बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही
भए गरेको मितिले १ वर्षभित्र। |
दफा
३१३ |
सुविधाभार |
· काम
कारबाही भए गरेको थाहा पाएको मितिले ६ महिनाभित्र। |
दफा
३८२ |
स्वामित्व
र भोगाधिकार |
· काम
कारबाही भए गरेको थाहा पाएको मितिले १ वर्षभित्र। |
दफा
२७५ |
हकसफा |
· लिखत
पारित भएको मितिले ६ महिनासम्ममा थाहा पाएको मितिले ३५ दिनभित्र। · तर
मोहीको हकमा जग्गाधनीले निखन्न पाउने मिति समाप्त भएको मितिले ३५दिनभित्र। |
दफा
४६२ |