माथवर भनेको के हो ?
कुनै नाबालकको
संरक्षक नभएमा निज १८ बर्षको उमेर नपुगेसम्म निजको पालनपोषण, स्वास्थ्य, शिक्षा, हेरविचार तथा सम्पत्तिको
संरक्षण गर्ने कार्य अन्य कुनै ब्यक्तिले माथवरको रुपमा गर्न सक्ने र त्यस्तो
माथवर भएको लिखत अदालतबाट प्रमाणित गर्नुपर्ने व्यवस्था देवानी संहिताले गरेको छ।
माथवरको रूपमा कुनै
व्यक्तिले कार्य नगरेको भए नाबालक वा होस ठेगानामा नरहेको व्यक्तिको माथवर अदालतले
नियुक्ति गरिदिनु पर्छ। यसरी अदालतले माथवर नियुक्त गर्दा दिइने निवेदन, सोको प्रक्रिया तथा माथवर
नियुक्तिको आदेश आदि विषयमा तल उल्लेख गरिएको छः
माथवर नियुक्ति
सम्बन्धमा कानूनी व्यवस्थाहरुः
विषय |
कार्यविधि |
कानून |
नावालकको
माथवर सम्बन्धी व्यवस्था |
·
कुनै नाबालकको संरक्षक नभएमा निज अठार
वर्ष पूरा नभएसम्म निजको पालनपोषण, स्वास्थ्य, शिक्षा, हेरविचार तथा सम्पत्तिको संरक्षण गर्नको लागि कुनै
व्यक्तिले नाबालकको माथवरको हैसियतले काम गर्न सक्छ। ·
कसैले आफ्नो नाबालकको पालनपोषण, स्वास्थ्य, शिक्षा तथा
हेरविचारको लागि कुनै व्यक्तिलाई माथवर नियुक्त गर्न सक्नेछ। |
देवानी संहिता
दफा १५३ |
होस
ठेगानमा नरहेको व्यक्तिको माथवर |
·
होस ठेगानमा नरहेको व्यक्तिको संरक्षक हुने
व्यक्ति नभएकोमा निजको पालन पोषण, हेरविचार तथा सम्पत्तिको हेरचाहको लागि
अन्य कुनै व्यक्तिले माथवरको हैसियतले काम गर्न सक्छ। ·
उक्त माथवर नभएकोमा वा यकिन नभएकोमा होस
ठेगानमा नरहेको व्यक्ति तत्काल जसको जिम्मा, सुपरीवेक्षण वा रेखदेखमा रहेको छ सोही व्यक्ति माथवर
हुन्छ। |
दफा १५४ |
आमा नाबालकको स्वतः
माथवर हुने |
·
आमाले अर्को बिबाह गरिसकेको भएपनि देहायको अवस्थामा निज १०
वर्ष मुनिको नाबालकको माथवर हुन्छ। -
नाबालकको बाबुको मृत्यु भएको वा निज
बेपत्ता भएको, -
नाबालकको बाबुको होस ठेगानमा नरहेको वा
विदेश गएको। |
दफा १५५ |
सङ्गठित
संस्था माथवर हुने |
·
संरक्षक नभएको कुनै व्यक्ति कुनै
सङ्गठित संस्थाको रेखदेख,
संरक्षण वा जिम्मामा रहेको भए त्यस्तो सङ्गठित संस्था त्यस्ता व्यक्तिको माथवर
हुन्छ, ·
सङ्गठित संस्था माथवर भएकोमा त्यस्तो
सङ्गठित संस्थाको प्रमुखले माथवरको अधिकार प्रयोग गर्नेछ। |
दफा १५६ |
अदालतले
कुनै खास ब्यक्तिलाई माथवर नियुक्त गर्ने कार्यविधि |
·
संरक्षक नभएका कुनै
व्यक्तिको कसैले पनि माथवरको रूपमा काम नगरेको भए
सम्बन्धित वडा समितिले त्यसको विवरण खुलाई माथवर नियुक्त गर्न अदालत समक्ष
निवेदन दिन सक्छ। ·
निवेदन गर्दा सम्बन्धित वडा समितिले
माथवर हुन सक्ने सम्भावित व्यक्तिहरूको नाम, थर, ठेगाना र पेशा खुलाई त्यस्ता
ब्यक्तिहरूले माथवरको रूपमा काम गर्न दिएको मञ्जुरीको
लिखत समेत पेश गर्नु पर्छ। ·
त्यसरी नाम पेश भएका
व्यक्तिहरूमध्येबाट उपयुक्त कुनै एक व्यक्तिलाई अदालतले माथवर नियुक्त
गर्ने आदेश दिनुपर्छ। · कुनै व्यक्तिले माथवर नियुक्त गरीपाउँ वा
प्रमाणित गरीपाउँभनी निवेदन दिँदा देवानी कार्यविधि नियमावलीको अनुसूची -३७
बमोजिमको ढाँचामा दिनु पर्छ । · त्यस्तो
निवेदन सम्वन्धित दर्ता कितावमा दर्ता गरी यथासम्भब सोहि दिन इजलास समक्ष पेश गरी इजलासले नियमावलीको अनुसूची -३८ बमोजिमको दर्ता कितावमा निर्णय
गर्नु पर्छ । · कुनै व्यक्तिलाई माथवर
नियुक्त गर्ने वा माथवर प्रमाणित गर्ने आदेश भएमा निवेदकलाई अनुसूची -३९ बमोजिमको ढाँचामा माथवर नियुक्त भएको वा
माथवर प्रमाणित भएको प्रमाणपत्र दिनु पर्छ। |
दफा १५७ देकानि
६५ |
माथवरको
अयोग्यता |
देहायको
ब्यक्ति माथवर हुन पाउदैनः -
असक्षम वा अर्धसक्षम व्यक्ति, -
असक्षम वा अर्धसक्षम व्यक्तिको हक वा
हित विपरीत काम गरेको प्रमाणित भएको व्यक्ति। -
अदालतबाट ३ बर्ष वा सो
भन्दा बढी कैदको सजाय भएको ब्यक्ति। -
अदालतबाट संरक्षक हुन
अयोग्य देखिएको व्यक्ति। |
दफा
१५८, १४१ |
अदालतले
माथवर हटाउन सक्ने |
·
माथवरले सम्पत्तिको रेखदेख र संरक्षण
नगरेको उजुरी परेमा अदालतले सम्बन्धित व्यक्तिलाई माथवरबाट हटाउन सक्छ। |
दफा
१६२(३) |
अदालतको
अनुमतिले अचल सम्पत्ति खर्च गर्न सक्ने |
·
माथवरले आफ्नो माथवरीमा रहेको कुनै
व्यक्तिको पालनपोषण, शिक्षा
दिक्षा वा औषधि उपचार गर्दा निजको चल सम्पत्तिबाट नभ्याउने रहेछ भने अचल
सम्पत्ति वा त्यसको कुनै अंश बिक्री गर्ने अनुमतिको लागि
अदालतमा निवेदन दिन सक्दछ। ·
निवेदन जाँचबुझ गर्दा त्यस्तो अचल
सम्पत्ति बिक्री गर्नु पर्ने कारण मनासिब देखेमा उचित ठानेको अचल
सम्पत्ति वा त्यसको कुनै अंश बिक्री गर्न अनुमति दिन सकिन्छ। |
दफा
१६१ |
माथवरी
अन्त्य हुने |
माथवरीमा
रहेको ब्यक्तिको अवस्था देहायबमोजिम
भएमा माथवरी अन्त्य हुन्छः -
नाबालक भए निजको उमेर अठार वर्ष पूरा
भएमा, -
होस ठेगानमा नरहेको व्यक्ति भए निजको
होस ठेगानमा आएमा, -
नाबालकको आमा वा बाबु वा दुवैले
नाबालकलाई आफ्नो जिम्मा लिएकोमा, -
नाबालक वा होस ठेगानमा नरहेको व्यक्तिको संरक्षक नियुक्ति भएमा, -
अदालतले माथवरीबाट हटाएमा, -
माथवर हुन योग्य नदेखिए वा नरहेमा, -
माथवर हुने वा माथवरीमा रहेको व्यक्तिको
मृत्यु भएमा। ·
माथवरी अन्त्य भएकोमा माथवरको हैसियतमा
जिम्मा लिएको सम्पत्ति माथवर भएको व्यक्तिले तुरुन्त सम्बन्धित व्यक्तिलाई
फिर्ता गर्नुपर्छ। |
दफा
१६४ |
अदालतबाट
प्रमाणित गराउनु पर्ने |
·
दफा १५३, १५४ र १६५ बमोजिम माथवर हुनेले आफू
माथवर भएको व्यहोरा अदालतबाट प्रमाणित गराउनु पर्छ। |
दफा
१६६ |
माथवर नियुक्ति गर्दा प्रयोग
गरिने निवेदनको ढाँचा।
अनुसूची-३७
(मुलुकी देवानी कार्यविधि नियमावली, २०७५ नियम ६५ को
उपनियम (१) सँग सम्बन्धित)
श्री तनहुँ
जिल्ला अदालतमा पेस गरेको
निवेदन पत्र
विषयः माथवर नियुक्त/ प्रमाणित गरिपाऊँ ।
मन प्रसाद अधिकारीको नाती, रमण हरी अधिकारीको
छोरा तनहुँ जिल्ला व्यास न.पा/गा.पा. वडा नं. १ अर्गले
बस्ने वर्ष 35 .को माइकल
अधिकारी --------------------------------------निवेदक
मुलुकी देवानी संहिता,२०७४
को परिच्छेद -७ बमोजिम देहायका
नाबालक / होस ठेगानामा नभएका व्यक्तिको माथवर नियुक्ति गरिपाउँ/ माथवर प्रमाणित
गरिपाउँ भनी निम्न विवरणसहित निवेदन गर्दछु।उक्त संहिताको दफा १४१ बमोजिम म माथवर
नियुक्त हुन अयोग्य नभएको बेहोरासमेत अनुरोध गर्दछु ।लाग्ने दस्तुर रु. ५००।- यसै साथ संलग्न छ ।
(१) निवेदकको
(क) नाम, थरः माइकल अधिकारी (ख) लिङ्गः पुरुष
(ग) उमेरः 35 (घ) ठेगानाः तनहुँ जिल्ला व्यास न.पा/गा.पा. वडा नं. १
(ङ) असक्षम /अर्धसक्षम व्यक्तिसँगको नाताः काका
(च) बाबु, आमाको नामः रमण हरी अधिकारीको
(छ) बाजे, बज्यैको नामः मन प्रसाद अधिकारीको
(२) माथवर नियुक्त गर्न प्रस्तावित
व्यक्तिको (प्रस्ताव गर्नेको लेख्ने)
(क) नाम, थरः (ख) लिङ्गः
(ग) उमेरः
(घ) ठेगानाः
(ङ) नाबालक /होस ठेगाना नभएका व्यक्तिसँगको नाता (भएमा खुलाउने)
(च) बाबु, आमाको नामः
(छ) बाजे, बज्यैको नामः
(ज) निजको सहमति भए नभएको बेहोराः
(३) नाबालक /होस ठेगानामा नभएका
व्यक्तिको
(क) नाम, थरः माइकल अधिकारी (ख) लिङ्गः पुरुष
(ग) उमेरः 35 (घ) ठेगानाः तनहुँ जिल्ला व्यास न.पा/गा.पा. वडा नं. १
(ङ) असक्षम /अर्धसक्षम व्यक्तिसँगको नाताः काका
(च) बाबु, आमाको नामः रमण हरी अधिकारीको
(छ) बाजे, बज्यैको नामः मन प्रसाद अधिकारीको
(४) माथबर नियुक्ति / प्रमाणितको
प्रयोजनः
(पालन पोषण, स्वास्थ्य, शिक्षा, हेरविचार
तथा सम्पत्तिको संरक्षण वा सबै)
(५) बेहोरा पुष्टि गर्ने संलग्न कागज प्रमाणः
(क) निवेदक व्यक्तिको हकमा परिचय खुल्ने नागरिकताको प्रमाणपत्रलगायतका
कागज......३
(ख) माथवरीमा रहने व्यक्तिको परिचय खुल्ने जन्मदर्तालगायतका कागज.......१
(ग) माथवर नियुक्ति / प्रमाणितको प्रयोजन पुष्टि गर्ने कागज....... १
(घ) स्थानीय तहको सिफारिस.......................................१
(ङ) २।२ प्रति फोटो
यस निवेदनपत्रको बेहोरा ठिक साँचो छ, झुट्टा
बेहोरा लेखिएको ठहरे कानूनबमोजिम सजाय सहुँला बुझाउँला।
निवेदकको दस्तखत
माइकल
अधिकारी
इति संवत् 2082 साल जेठ महिना 12 गते रोज 5
शुभम् ।