लेखापढी व्यवसायीको परिक्षा सम्वन्धी
प्रश्न पत्र-
समयः-१.३० (डेढ) घण्टा) पुर्णाङ्क १००
उतिर्णाङ्क ४०
कुनै ५ प्रश्नको उत्तर दिनुहोस् । (सबै प्रश्न समान अङ्कका छन्)
१. छोटो उत्तर लेख्नुहोस
(क) कानुन दिवश कहिले मनाईन्छ ?
(ख) नेपालमा कति तहका अदालत रहेका छन ?
(ग) तनहुँ जिल्लामा हाल कति वटा मालपोत कार्यालय रहेका
छन ?
(घ) तनहुँ जिल्ला अदालत कति सालमा स्थापना भएको हो ?
(ङ) हाल नेपालका भुमि व्यवस्था सहकारी तथा गरिवि
निवारण मन्त्रालयको मन्त्रिको नाम लेख्नुहोस ?
२ भर्पाई भन्नाले के बुझ्नु हुन्छ ? भर्पाईको नमुना लेख्नुहोस ?
३ वारेशनामा भनेको के हो ? साधारण वारेश र अधिकृत वारेशनामा विचको भिन्नता
उल्लेख गर्नुहोस ।
४ अदालतबाट तोकिएको गुज्रेको तारिख थाम्ने निवेदनको
ढाँचा लेख्नुहोस ?
५ तलको अनुच्छेद सफा र शुद्ध संग सार्नुहोस ।
लिखत तयार गर्दा कारणवश अशुद्ध भएमा वा व्यहोरा
फरक परी सच्याउनु परेमा जुन वाक्य¸शब्द¸अङ्क वा अक्षर सच्याउनु पर्ने हो सोही वाक्य¸शब्द¸अङ्क वा अक्षर फरक परेको देखिने गरी केरी वा संकेत
गरी जे जस्तो वाक्य¸शब्द¸अङ्क वा अक्षर रहनु पर्ने हो त्यसरी केरिएको
ठाउँभन्दा लगत्तै माथि वा तल लेखी सच्याउनु पर्नेछ र त्यसरी केरिएको वा सच्याएको
प्रत्येक ठाउँमा सम्बन्धित कारणीले सहीछाप गर्नु पर्नेछ ।
६ कपाली तमसुकको ढाँचा लेख्नुहोस ।
७ जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी
कार्यालयमा शान्ति सुरक्षा कायम गरी पाउँ भनी दिने निवेदनको ढाँचा लेख्नुहोस ।
धन्यवाद।