अदालतमा विवाह दर्ता
सम्बन्धी
Ø प्रचलित कानुन बमोजिम २० वर्ष उमेर पूरा भई वैवाहिक सम्वन्ध कायम भएका पुरुष र महिलाले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा पति पत्नीको रुपमा स्वीकार गरी गरिएको घटना दर्तालाई विवाह दर्ता भन्ने बुझिन्छ।
Ø दर्ता विवाह
भन्नाले अदालतमा प्रक्रिया पुरा गरी गरेको विवाहलाई बुझिन्छ। विवाह गर्ने दुबै
पक्षको कानून बमोजिम पेश भएको प्रमाण हेरी उपयुक्त देखिएमा इजलासबाट न्यायाधीशले
विवाह गराई विवाह भएको प्रमाणपत्र समेत प्रदान गरिन्छ।
Ø साविकमा नेपालमा
दर्ताद्वारा विवाह गर्न चाहनेहरूले जिल्ला प्रशासन कार्यालायमा गई दर्ता गराउन
सक्ने प्राबधान रहेकोमा देवानी संहिताले यस्तो विवाह नेपालमा भए जिल्ला अदालतमा वा
नेपाल बाहिर भए नेपालको राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिई दर्ता
गर्ने प्राबधान गरेको छ।
Ø सामान्य तया
विवाह योग्य उमेरका पुरष र महिला सँगै बसी दाम्पत्य र पारिवारिक जीवन प्रारम्भ
गर्नको लागि गरिएको स्वतन्त्र सहमति वा समझौता हो।
Ø वैवाहिक सम्वन्ध
कायम भएका पुरुष र महिलाले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा पति पत्नीको रुपमा
स्वीकार गरी गरिएको घटना दर्तालाई विवाह दर्ता भन्ने बुझिन्छ।
Ø दर्ताद्बारा
विवाह भन्नाले सामान्य तया विवाह योग्य उमेरका पुरष र महिला सँगै बसी दाम्पत्य र
पारिवारिक जीवन प्रारम्भ गर्नको लागि, पूर्व शर्त विना
अदालति प्रक्रिया पुरा गरी विवाहको प्रमाणपत्र सहित हुने विवाहलाई वुझिन्छ।
Ø एक नर र एक
नारीको सामाजिक, धार्मिक तथा कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने
सम्बन्ध हो।
Ø विवाहले दुइ
परिवार बिच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ।
Ø विवाहलाई नेपाली
समाजले मागी विवाह, चोरी विवाह, जारी विवाह, प्रेम
विवाह आदि नाम दिने गरेको पाइन्छ। परम्परागत रूपमा मागी विवाहको सर्वव्यापकता थियो
भने वर्तमान समयमा प्रेम विवाह लोकप्रिय बन्दै गईरहेको महसूस हुन्छ। जारी विवाहको
प्रचलन हराउँदै गएको छ।
Ø त्यसैगरीः
दुई-चारजना गएर सामान्य किसिमले विवाह सम्पन्न गरी केटी लिएर आउने विवाहलाई कुम्ले
विवाह र निकै ठूलो तयारी गरी बाजा र जन्ती लिएर गई केटी लिएर आउने विवाहलाई
वरियाती भन्ने चलन छ।
Ø हिन्दु परम्परा र शास्त्र अनुसार विवाह आठ प्रकारका हुन्छन् भनी उल्लेख
गरेको पाईन्छ: व्राम्हण,
दैव, आर्ज, प्रजापत्य, आसुर, गान्धर्व,
राक्षस, पैशाच विवाह।
१
ब्रह्म विवाहः वेद पढेको सादाचारी
वरलाई बोलाई वर र वधुलाई वस्त्र, आभूषणबाट अलङ्कृत गरेर कन्यादान गरिन्छ।
(अहिलेको मागी विवाह)
२
दैव विवाहः यज्ञमा विधिपूर्वक काम गर्ने
कुनै तपस्वीलाई कन्यादान गरिने।
३
आर्ष विवाहः विवाहमा कन्यापक्षलाई कन्याको
मूल्य तिरिन्छ। वर पक्षबाट विशेषगरी गाई दिने चलन हुन्छ।
४
प्रजापत्य विवाहः यस्तो विवाहमा
कन्यासँग अनुमति लिइँदैन। अभिभावकले योग्य वर हेरेर कन्याको विवाह गरिदिन्छन्।
विवाह भने विधिवत् हुन्छ ।
५
गन्धर्व विवाहः यस विवाहमा परिवारको सहमति हुँदैन, कुनै रीतिरिवाज
अपनाइँदैन, वर वधुको प्रेमभावबाट वैवाहिक
सम्बन्ध कायम हुने।(वर्तमान समयमा लोकप्रिय बन्दै गएको)
६
आसुर विवाहः यस्तो विवाहमा वर पक्षद्वारा शुल्क दिएर कन्या
ग्रहण गरिन्छ । कन्याका आफन्तलाई धन
या प्रलोभन देखाएर स्वेच्छाले कन्या प्राप्त गरिन्छ ।
७
राक्षस विवाहः यस्तो विवाहमा कन्याको सहमति
हुँदैन। उसलाई अपहरण गरेर जबर्जस्ती विवाह गरिन्छ। त्यस्ती कन्यालाई घरमा फिर्ता लगिँदैन। अपहरण गरेकै पुरुषलाई कन्यापक्षले स्वीकार गर्छ।(नेपालमै
कुनै–कुनै जातिमा केही समय पहिलासम्म विभिन्न जमघट हुने ठाउँबाट आफूलाई मन परेकी कन्यालाई जबर्जस्ती उठाएर लैजाने
चलन थियो।यस्तो चलन अहिले धेरै कम भएको
छ।)
८
पैशाच विवाहः सुतेको अथवा नशामा उन्मत्त कन्यालाई एकान्तमा
बलात्कार गरी जबर्जस्ती ग्रहण गर्नुलाई
पैशाच विवाह भनिन्छ । (माथिका अन्तिम चारवटा विवाहलाई शास्त्रले मर्यादाविपरीत
मान्छ। ६ ७ र ८ कानून विपरत)
विवाह गराउन नहुने अवस्थाहरुः
Ø एच.आई.भी.
वा हेपाटाइटिस बी जस्ता कडा रोग लागेको,
Ø यौनाङ्ग
नभएको, नपुङ्सक, सन्तान उत्पादन गर्ने क्षमता नभएको
प्रमाणित भएको,
Ø पूर्णरुपमा
बोल्न वा सुन्ने नसक्ने वा दृष्टिविहीन वा कुष्ठ रोगी,
Ø होस
ठेगानामा नभएको,
Ø विवाह
भैसकेको,
Ø गर्भवती
भएको,
Ø नैतिक पतन
देखिने फौज्दारी कसूरमा सजाय पाएको,
उपरोक्त अवस्थामा झुक्याई
विवाह गराएमा विवाह बदर गराउन सकिने र यसरी झुक्याई विवाह गर्ने वा गराउनेबाट
मनासिब क्षतिपूर्तिको दावी गर्न सकिने,
दर्ता द्वारा विवाह गर्न
सकिने (दफा७७)
कुनै पुरुष र महिलाले
दर्ता विवाह गर्न चाहेमा
+ आफ्नो नाम थर उमेर ठेगाना
+ वाबु आमा बाजे बज्यैको नाम
+ विवाह भए वा नभएको
+ विवाह भएको भए वैवाहिक
सम्बन्ध अन्त्य भएको व्यहोरा( सम्बन्ध
विच्छेद वा प्रमाण)
+ सम्बन्धित देशमा कम्तिमा १५
दिन देखि रहे बसेको हुनपर्ने
+ कम्तिमा दुईजना साक्षीहरु
सहित
– नेपाल
भित्र भए जिल्ला अदालतमा र
– विदेशमा भए
राजदुतावास वा महावाणिज्य दूतावास समक्ष निवेदन दिनुपर्ने
विवाह दर्ता कितावमा दर्ता
गरी प्रमाणपत्र दिनुपर्ने ।
कुन कुन अवस्थामा विवाह समेत
कसूरमा परीणत हुने गर्दछ ? (मुलुकी अपराध संहिता, 2074 अनुसार)
१
मन्जूरी बिनाको विवाह गर्न नहुने दफा-१७१
•
उमेर २० बर्ष पुरा नभएको
व्यक्तिको मन्जूरीलाई मन्जूरी नमानिने
•
यस्तो कसूर गर्नेलाई २ बर्ष
सम्म कैद वा २० हजार सम्म जरिवाना हुन सक्ने
२
हाडनातामा विवाह गर्न नहुने,
(दफा-१७२)
•
हाडनाता करणीको कसूरमा हुने
सजाय र गराउनेलाई ३ महिना कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने,
३ बाल
विवाह गर्न नहुने, (दफा-१७३)
•
बीस बर्ष नपुगी विवाह गर्न
गराउन नहुने,
•
यस्तो कसूर गर्ने व्यक्तिलाई
३ बर्षसम्म कैद वा तीस हजार रुपैयासम्म जरिबाना हुन सक्ने
४
विवाहमा लेनदेन गर्न नहुने,
(दफा-१७४)
Ø आफ्नो
परम्परा अनुसार सामान्य उपहार, भेटी, दक्षिणा, शरीरमा लगाएको एक सरो गहना
बाहेक विवाहमा कुनै किसिमको चल, अचल
दाइजो वा कुनै सम्पतिको शर्त राखी विवाह गर्न वा गराउने व्यक्तिलाई ३ बर्षसम्म कैद
वा ३० हजार रुपैयासम्म जरिबाना वा दुवै सजाय हुन सक्ने,
Ø विवाह
पछि पनि चल अचल माग गरी कुनै अमानविय वा अपमानजन्य व्यवहार गर्ने व्यक्तिलाई ५
बर्षसम्म कैद वा ५० हजार रुपैयासम्म जरिबाना वा दुवै सजाय हुन सक्ने,
Ø कुनै
सम्पति लिएको भए सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्ने,
५
बहुविवाह गर्न नहुने, (दफा-१७५)
Ø विवाहित
पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु नहुने,
Ø कुनै
पुरुष विवाहित भन्ने जानीजानी महिलाले निज संग विवाह गर्नु नहुने,
Ø पति
पत्नीले कानून बमोजिम अंशवण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुन: विवाह गर्न
सक्ने,
Ø पुरुषले
दोस्रो विवाह गरेमा स्वत: बदर हुने,
Ø यस्तो
कसूर गर्ने गराउने व्यक्तिलाई एक बर्ष देखि पाँच बर्षसम्म कैद र दश हजार देखि पचास
हजार रुपैयासम्म जरिबाना हुन सक्ने,
Ø यस ऐन
लागु हुनु अघि भएको विवाह सम्बन्धमा यस ऐनले कुनै असर नमानिने,
दर्ताद्वारा विवाह दर्ता प्रमाणित गराउँदा चाहिने कागजातहरु
Ø मुलुकी
देवानी (संहिता) ऐन, २०७४ को दफा ७७ बगोजिग दर्ताद्वारा विवाह
गरा पाउँ भनि मुलुकी देवानी कार्यविधि नियमावली, २०७४ को
अनुसूची २७ बमोजिमको निवेदन पत्र ।
Ø निवेदकको
नाम, थर, उमेर, राष्ट्रियता
लगायतका व्यक्तिगत परिचय स्पष्ट खुल्ने नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र जस्ता कागजातका
प्रमाणित प्रतिलिपी)
Ø सम्बन्धित
गा.पा./न.पा. को वडा कार्यालयबाट महिला र पुरुष दुवैको अविवाहित सिफारिसपत्र
(विदेशीको हकमा सम्बन्धित देश वा राजदुतावासबाट जारी भएको NG OBJECTION
LETTER को प्रमाणित प्रतिलिपी र नेपाली अनुवादित प्रति ।
Ø पन्ध्र
दिनभन्दा अघि सम्बन्धित जिल्लामा बसोबास गरेको प्रमाण र स्थानीय तहको सिफारिस ।
(विदेशीको हकमा मात्र)
Ø विदेशीको
हकमा आफ्नो मुलुकको विवाह सम्बन्धी कानूनका गुल र अनुवादित प्रति ।
Ø यस अघि
विवाह भएको भए अदातल वा सम्बन्धित निकायले सम्बन्ध विच्छेद गरेको कागजको प्रमाणित
प्रतिलिपी ।
Ø दुईजना
साक्षी र साक्षीको परिचय खुल्ने कागज । (रगक्षी इजलाससमक्ष अनिवार्य उपस्थित
हुनुपर्ने)
Ø पुरुष र
महिलाको हालसालै खिचेको पूरै मुखाकृति देखिने पासपोर्ट साईजको सेतो पर्दामा खिचेको
४/४ प्रति फोटो ।
यसरी अदालतमा विवाहका लागि निवेदन दिने, विवाह दर्ता हुने वा नहुने
निर्णय गर्ने, विवाह दर्ता गर्ने र
विवाहको प्रमाणपत्र प्रदान गर्ने सम्बन्धमा संहितमा भएका मुख्य प्राबधानहरू तल
उल्लेख गरिएको छः
विषय |
कार्यविधि |
कानून |
दर्ताद्वारा
विवाह गर्ने कार्यविधि |
·
कुनै पुरुष र महिलाले दर्ताद्वारा विवाह
गर्न चाहेमा देहायको विवरण खुलाई नियमावलीको अनुसूची २७ को ढाँचामा निवेदन दिनु पर्छ। o आफ्नो
नाम, थर, उमेर, ठेगाना, पेशा, o बाबु, आमा, बाजे, बज्यैको नाम, o अघि
विवाह भए वा नभएको र विवाह भएको भए वैवाहिक सम्बन्ध अन्त्य भएको व्यहोरा o कम्तीमा
दुई जना साक्षीको नाम ·
निवेदन दिनको लागि पुरुष वा महिला वा
दुवै निवेदन दिनु अघि सम्बन्धित जिल्लामा कम्तीमा १५
दिनदेखि रहे बसेको हुनु पर्छ। ·
विदेशी र विदेशी तथा बिदेशी र नेपाली
नागरिकले नेपालमा विवाह गर्दा निजहरूले आ–आफ्नो नागरिकता
रहेको मुलुकको कानून बमोजिम निर्धारित सक्षमता, योग्यता र शर्त पालना गर्नु पर्छ। ·
बिदेशी नागरिकले आफ्नो देशको कानून
बमोजिम बिबाह गर्न योग्य र सक्षम भएको
कुराको स्वःघोषणा गरी आफ्नो देशको विवाह सम्वन्धी कानूनको नेपालीमा
अनुवाद गरिएको प्रतिलिपि निवेदनसाथ पेश गर्नुपर्छ। ·
निवेदन जाँच
गर्दा कानून वमोजिमको रित पुगेको देखिएमा अनुसूची -२८ वमोजिमको निवेदन दर्ता
कितावमा दर्ता गरी इजलास समक्ष पेश गर्नु पर्छ। ·
बिबाहको लागि परेको निवेदनका सम्वन्धमा छानविन गर्दा निवेदन माग
बमोजिम दर्ताद्वारा विवाह हुने अवस्था देखिएमा सोही ऐनको दफा ७९ बमोजिमको
विवाहको सहमतिपत्र तयार गरी पुरुष, महिला र उपस्थित साक्षीको सहीछाप गराई
विवाह दर्ता कितावमा दर्ता गरी विवाहको प्रमाणपत्र दिने निर्णय गर्नु पर्छ । |
देसं दफा ७७, ७०० देकानि
६२ |
सहमतिपत्र
तयार गरी प्रमाणित गर्नुपर्ने |
·
निवेदक बीच विवाह हुने निर्णय भएमा
निवेदनमा उल्लिखित कुरा र विवाह गर्ने पक्षहरू कानून बमोजिम एक अर्कालाई पति
पत्नीको रूपमा स्वीकार गर्न मञ्जुर भएको व्यहोरा समेत खुलाई विवाहको सहमतिपत्र
तयार गरी आफ्नो रोहबरमा निजहरू तथा उपस्थित साक्षीहरूको सहीछाप गराई त्यस्तो
सहमतिपत्रमा न्यायाधीशले समेत प्रमाणीत गर्नु
पर्छ। ·
सहमतिपत्रमा सहीछाप गराई सकेपछि त्यस्तो
विवाह दर्ता किताबमा दर्ता गरी सो दर्ता किताबमा न्यायाधीश, विवाह गर्ने पक्ष तथा उपस्थित साक्षी समेतको सहीछाप गर्नु वा गराउनु पर्छ। ·
विवाहको सहमतिपत्रमा सहीछाप गराइसकेपछि त्यस्तो विवाहलाई
अनुसूची -३० वमोजिमको विवाहको दर्ता किताबमा दर्ता गरी विवाह गर्ने पक्ष
र साक्षीको हस्ताक्षर र ल्याप्चे सहिछाप
गराई न्यायाधीशले प्रमाणीत गर्नुपर्छ। |
दफा ७९ देकानि६२ |
विवाह
दर्ता प्रमाणपत्र |
·
विवाह दर्ता गरिसकेपछि सम्बन्धित
अधिकारीले विवाह दर्ताका पक्षहरूलाई नेपाल सरकारले तोकिदिए बमोजिमको ढाँचामा विवाह
दर्ताको प्रमाणपत्र दिनु पर्छ। ·
विवाह दर्ताको प्रमाणपत्र पाएको दिनदेखि
निवेदकहरूको विवाह भएको मानिनेछ। |
दफा ८० देकानि६२ |
दर्ता द्बार विवाह
गर्दा पेश गरिने निवेदनः
श्री ............... जिल्ला अदालतमा पेस गरेको
निवेदन पत्र
विषयः दर्ताद्वारा
विवाह गराइपाऊँ।
हामी निवेदकहरुलाई मुलुकी देवानी संहिता, २०७४ को दफा ७७ बमोजिम
दर्ताद्वारा विवाह गर्न इच्छा भएको र प्रचलित कानूनबमोजिम विवाह गर्नका लागि योग्य
रहेको हुँदा निम्न विवरण र घोषणासहित दर्ताद्वारा विवाहका लागि निवेदन गर्दछौं
।लाग्ने दस्तुर रु ५००।- यसैसाथ संलग्न छ।
निवेदकहरूको विवरण
विवरण |
पुरुष |
महिला |
नाम, थर |
|
|
फोटो |
|
|
जन्म मिति/उमेर |
|
|
स्थायी ठेगाना |
|
|
हालको ठेगाना |
|
|
पेसा |
|
|
बाबुको नाम |
|
|
आमाको नाम |
|
|
बाजेको नाम |
|
|
बज्यैको नाम |
|
|
अघि विवाह भए वा नभएको |
|
|
हामी निवेदकहरू निम्नलिखित घोषणा गर्दछौं :-
१. कानूनबमोजिम हाम्रो विवाह गर्ने उमेर पुगेको छ
।
२. हामीबिच कायम हुने सम्बन्ध कानूनले रोक लगाएको
हाडनाताभित्र पर्दैन ।
३. विवाह गर्न हाम्रो मन्जुरी रहेको छ ।
४. हामीले एक आपसमा झुक्याई विवाह गर्न लागेका
छैनौं ।
५. हाम्रो यसअघि विवाह भएको छैन / अघि विवाह
भएकोमा मुलुकी देवानी संहिता, २०७४ को दफा ८३ बमोजिम पुनः विवाह गर्न पाउने अवस्था
छ ।
६. हामीमध्ये पुरुष/ महिला /दुवै पन्ध्र दिनभन्दा
अगाडिबाट यस जिल्लामा बसोबास गरेका छौं ।
७. हामी महिला /पुरुष/दुवै विदेशी नागरिक भएकोले
मेरो/हाम्रो मुलुकको कानूनबमोजिम विवाह गर्न योग्य छु/छौं ।
संलग्न कागज
प्रमाणः
१. निवेदकको
(नाम, थर, उमेर, राष्ट्रियतालगायतका
व्यक्तिगत परिचय खुल्ने नागरिकताको प्रमाणपत्र, राहदानी, जन्म दर्ता प्रमाणपत्र जस्ता कागजातका प्रमाणित प्रतिलिपि)
२. पन्ध्र
दिनभन्दा अगाडिबाट सम्बन्धित जिल्लामा बसोबास गरेको प्रमाण र स्थानीय तहको सिफारिस,
३. घोषणाको प्रकरण नं ५ सँग सम्बन्धित पुनः
विवाह गर्न पाउने कुराको प्रमाण कागज,
४. विदेशीको हकमा आफ्नो मुलुकको विवाह सम्बन्धी
कानूनको मूल र अनुवादित प्रति,
५. महिला र पुरुषको हालसालै खिचेको पूरै
मुखाकृति देखिने पासपोर्ट साइजको ४।४ प्रति फोटो,
६. साक्षीको
परिचय खुल्ने कागज
।
साक्षीको नाम, थर, उमेर, ठेगाना
१………………
२………………
यस निवेदनपत्रको
बेहोरा ठिक साँचो छ, झुट्टा बेहोरा लेखिएको ठहरे कानूनबमोजिम
सजाय सहुँला बुझाउँला।
निवेदकहरू
निवेदक |
नाम, थर |
हस्ताक्षर |
ल्याप्चे |
|
दायाँ |
बायाँ |
|||
पुरुष |
|
|
|
|
महिला |
|
|
|
|
इति संवत् ....... साल ........................... महिना ......... गते
रोज .... शुभम् ।