Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

लेखापढी कानून व्यवसायी परीक्षा प्रश्न पत्र set-3

 

नमुना जिल्ला अदालत

लेखापढी कानून व्यवसायी परीक्षा प्रश्न पत्र 

पूर्णङ्कः १००                                                            उत्तिर्णाङ्कः ४०

समयः १ घण्टा ३० मिनेट                                               मितिः 

 

कुनै ४ प्रश्नको उत्तर दिनुहोस् । (सबै प्रश्न समान अङ्कका छन्

१)      धनी जिल्ला तनहुँ व्यास न.पा. वडा नं.४ बस्ने महेश दुराको छोरा वर्ष  ४१ को कमल दुराऋणि ऐ.ऐ वडा नं.५ बस्ने मनदास दुराको छोरा वर्ष २५ को हरि शंकर दुरा भई लेनदेन कारोबार गरेको रु ५,००,०००।- को कपाली तमसुक लेख्नुहोस् ।

२)      वकालतनामा भनेको के हो ?  वकालतनामाको नमूना प्रस्तुत गर्नुहोस् ।

३)      तारेख भन्नाले के बुझ्नुहुन्छ ?  तनहुँ जिल्ला अदालतमा चलेको वादी चमेली शर्मा र प्रतिवादी राधा शर्मा भएको लेनदेन मुद्दामा वादीको तर्फबाट ९ दिन पहिलो पटक तारेख गुज्रन गएको हुँदा तारेख थाम्ने निवेदन लेख्नुहोस् ।

४)      तपाईको नागरिकताको प्रमाणपत्र हराएको एक महिना भयो तर कही कतै भेटाउनु भएको छैन। तपाई आफ्नो मामालाई भेट्न अमेरीका जानु पर्ने भएकोले पासपोर्ट समेत वनाउनु पर्ने भएको अवस्था छ। त्यसैले वडा अध्यक्षलाई सम्वोधन गरी नागरिकताको प्रतिलिपि पाउँ भन्‍ने वेहोराको निवेदन तयार पार्नुहोस।

) लेखापढी कानून व्यवसायीमा हुनु पर्ने गुणको संवन्धमा ऐन, कानुनमा भएको व्यवस्था र व्यवहारमा त्यसको प्रयोगको संवन्धमा लेख्नुहोस।

६)      कुनै २ को विषयमा टिप्पणी लेख्नुहोस् ।

) अदालत ख) मालपोर्ट   ) वडा कार्यालय घ) सम्बन्ध विच्छेद।

Post a Comment

Previous Post Next Post