Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

लेखापढी कानून व्यवसायी परीक्षा प्रश्न पत्र set-4

 

          नमुना जिल्ला अदालत

लेखापढी कानून व्यवसायी परीक्षा प्रश्न पत्र

पूर्णङ्कः १००                                                            उत्तिर्णाङ्कः ४०

समयः १ घण्टा ३० मिनेट                                               मितिः 

कुनै ४ प्रश्नको उत्तर दिनुहोस् । (सबै प्रश्न समान अङ्कका छन्) 

1. तपाई लागू औषध मुद्दामा तारेख यही साउन १ गते भएकोमा ज्वरोका कारणले उपस्थित हुन सक्नु भएन। २ गते तपाई अदालत उपस्थित हुनु भयो तर मुद्दा फाँटबाट तारेख थमाउने निवेदन लिएर आउनु भन्नुभयो यस अवस्थामा तयार पार्ने तारेख थमाउने निवेदनको नमुना तयार पार्नुहोस।

2. तपाई मनोजसिंह थापाको ल फर्ममा काम गर्दै हुनुहुन्छ। तपाई काम गर्ने फर्ममा आएका मुद्दाको पक्षसँग अदालतमा मुद्दा दर्ता गर्न आउनुभयो। मुद्दा दर्ता फाँटबाट तपाईलाई स्वघोषणा फारम भरी आउनु भनेर भन्नु भयो। यस अवस्थामा स्वघोषणा फारमको नमुना तयार पार्नुहोस। (मुद्दाको पक्षको विवरणः धमीराम तामाङ्ग, शुक्लागण्डको न.पा. ३, कवासे, फोन. न. 9811111111)

3. तपाइको साथी अस्मिता लामा पोखरा पृथ्वीनारायण क्यापसमा पढने वेलामा अर्जेन्ट भएको भनी रु.२,००,००००/- सापटी लगेकोमा अहिलेसम्म फिर्ता नदिएको र चेक दिएको भए पनि तीन पटक सम्म चेक वाउन्स  भैसकेको छ। यस अवस्थामा चेक बाउन्सको जाहेरी जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता गर्दा बुझाउनु पर्ने जाहेरीको नमुना तयार गर्नुहोस।

4. तपाईको गाउँमा तपाईको काका राधेश्यामले तपाईको काकी पर्ने ममता लामालाई रु.४,००,०००/- ऋण दिने भनी जम्मा भएर बस्नु भएको रहेछ। आफन्त भएको भएता पनि विश्वासको लागि कपालि तमसुक बनाइदिनु भन्नु भयो। यस अवस्थामा बनाउनु पर्ने कपाली तमसुकको नमुना तयार पार्नुहोस।

5. वकालतनामा भनेको के हो ?  वकालतनामाको नमूना प्रस्तुत गर्नुहोस्।

6. तपाईले पृथ्वीनारायण क्याम्पस पोखरामा १२ पढनको लागि छात्रवृत्तिको फारम भर्नु पर्ने भएको र उक्त सूचनमा आर्थिक अवस्था कमजोर रहेको प्रमाणित गरेको वडाको सिफारिस समेत पेश गर्नु भएको छ। यस अवस्थामा वडा कार्यालयलाई आर्थिक अवस्था कमजोर भएको भन्ने सिफारिस पाउँ भन्ने निवेदनको नमुना तयार पार्नुहोस।

धन्यवाद।

Post a Comment

Previous Post Next Post