नमुना जिल्ला अदालत
लेखापढी कानून व्यवसायी परीक्षा प्रश्न पत्र
पूर्णङ्कः १०० उत्तिर्णाङ्कः ४०
समयः १ घण्टा ३० मिनेट
मितिः
कुनै ४
प्रश्नको उत्तर दिनुहोस् । (सबै
प्रश्न समान अङ्कका छन्)
1. साक्षी
भनेको के हो ? अंश सहित सम्बन्ध विच्छेद मुद्दामा वादीको साक्षी बुझ्ने गरी मिति
यही साउन १५ तारेख तोकेको अवस्थामा साक्षीको बकपत्र गर्दा साक्षीको वकपत्र गरी
पाउँ भन्ने निवेदनको नमुना तयार पार्नुहोस।
2. तपाईको
गाउँमा तपाईको काका राधेश्यामले तपाईको काकी पर्ने ममता लामालाई रु.३,००,०००/- ऋण दिने
भनी जम्मा भएर बस्नु भएको रहेछ। आफन्त भएको भएता पनि विश्वासको लागि कपालि तमसुक
बनाइदिनु भन्नु भयो। यस अवस्थामा बनाउनु पर्ने कपाली तमसुकको नमुना तयार
पार्नुहोस।
3.
तपाई सम्बन्ध विच्छेद मुद्दको
तारेख यही साउन १५ गते रहेकोमा बाटो बन्द भएको कारण उपस्थित हुन सक्नु भएन। १८ गते
तपाई अदालत उपस्थित हुनु भयो तर मुद्दा फाँटबाट तारेख थमाउने निवेदन लिएर आउनु
भन्नुभयो यस अवस्थामा तयार पार्ने तारेख थमाउने निवेदनको नमुना तयार पार्नुहोस।
4. तपाइको
साथी कोमल सिवाकोटीले अर्जेन्ट भएको भनी रु.६,००,०००/- सापटी लगेकोमा अहिलेसम्म
फिर्ता नदिएको र चेक दिएको भए पनि तीन पटक सम्म चेक वाउन्स भैसकेको छ। यस अवस्थामा चेक बाउन्सको जाहेरी
जिल्ला प्रहरी कार्यालय तनहुँमा दर्ता गर्दा बुझाउनु पर्ने जाहेरीको नमुना तयार
गर्नुहोस।
5.
तपाई अंश मुद्दा (082-cp-0216) मा वादी करविर लामाको वारेस हुनुहुन्छ।
तपाईको तर्फबाट अधिवक्ता श्री रामहरी न्यौपानेले प्रतिरक्षा गर्दै हुनुहुन्छ। वकालतनामाको
नमूना प्रस्तुत गर्नुहोस्।
6. तपाईले पृथ्वीनारायण
क्याम्पस पोखरामा Master Level लागि
छात्रवृत्तिको फारम भर्नु पर्ने भएको छ र उक्त छात्रबृत्ति सूचनामा आर्थिक अवस्था कमजोर रहेको
प्रमाणित गरेको वडाको सिफारिस समेत पेश गर्नु भएको छ। यस अवस्थामा वडा कार्यालयलाई
आर्थिक अवस्था कमजोर भएको भन्ने सिफारिस पाउँ भन्ने निवेदनको नमुना तयार
पार्नुहोस।
धन्यवाद।